• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel JournalismMatters FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

नेपाल विकास
२०८१ श्रावण १, मंगलवार ११:४४

एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एमाले संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई राष्ट्रपति पौडेलद्धारा प्रधानमन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कंग्रेस र एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि ओली मुलुकको कार्यकारी प्रमुखमा चौथो पटक नियुक्त हुनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत असार २८ गते शुक्रबार प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएको थियो । संघीय संसदमा उपस्थित २५८ सांसदमध्ये दाहालले पेस गर्नुभएको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो ।
प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाएलगत्तै राष्ट्रपति पौडेलले शुक्रबार नै प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
प्रधानमन्त्रीमा नियुक्त ओलीले पद तथा गोपनीयताको सपथ भने सोमबार विहान ११ वजे लिनुहुने राष्ट्रपतिको कार्यलयले जनाएको छ । कंग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति समेत भईसकेकाले भोली नै मन्त्रिपरिषद गठन हुने छ । कंग्रेस र एमालेले आफ्नो भागमा परेका मन्त्रीहरुको समेत टुङगो लगाएका छन ।
प्रधानमन्त्रीमा चौथो कार्यकालका लागि नियुक्त हुनुभएका अध्यक्ष ओली यसअघि २०७२ असोज २५ मा प्रथम पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल करिब १० महिना अर्थात् २०७३ साउन १९ गतेसम्म कायम रह्यो । त्यस्तै, दोस्रो पटक ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल ३ वर्ष ९ महिना अर्थात् २०७८ वैशाख ३० गतेसम्म कायम रह्यो ।
सोहीअनुसार प्रधानमन्त्रीमा उहाँको तेस्रो कार्यकाल २०७८ वैशाख ३० देखि २०७८ असार २९ अर्थात् दुई महिना प्रधानमन्त्रीमा कायम रहनुभयो । तत्कालीन नेकपामा विभाजन आएपछि उहाँ पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अहिले चौथो कार्यकालका लागि २०८१ असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
प्रधानमन्त्रीमा नियुक्त ७१ वर्षीय ओलीको राजनीतिक सङ्घर्ष लामो छ । वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको आठराई इवा गाउँको एक किसान परिवारमा जन्मनुभएका ओली पटक–पटक गरी १४ वर्षसम्म जेल बस्नुभएको छ । उहाँको खास नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा उहाँलाई केपी शर्मा ओलीको नामले चिनिन्छ ।

Post Views: 277

प्रकाशित: २०८१ श्रावण १, मंगलवार ११:४४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता
दरबार हत्याकाण्डको २५ वर्ष
पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी
ताजा अपडेट
  • १. भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

  • २. सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु

  • ३. दरबार हत्याकाण्डको २५ वर्ष

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

चर्चित
  • १. श्रीषा पाण्डेको ‘वायुदृष्टि’ राष्ट्रसंघद्वारा उत्कृष्ट विश्व नवप्रवर्तन घोषित

  • २. आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

  • ३. कुवेतमा मिसाइल–ड्रोन हमला

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. दक्षिण एसियामा भुटान पछि सवैभन्दा धेरै वन क्षेत्र नेपालमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.