• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

Nepalics
२०८३ श्रावण ११, सोमबार १७:०७
Advertisement

प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले आयोजना गरिएको सनवे इनोभेसन फेस्टमा कृत्रिम वुद्धिमता एआई तथा रोबोटिक्समा सहभागीहरुको चासो बढेको छ । विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरुलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ काठमाडौंमा आयोजित कार्यक्रममा एआई प्रविधि,  रोबोटिक्स तथा ड्रोनमा अवलोकनकर्ताको भिड लागेको थियो । कार्यक्रममा सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रुपमा अवलोकन गर्नुका साथै त्यसको प्रयोगात्मक अभ्यास  समेत गरेका थिए ।
इनोभेसन फेस्टमा कृत्रिम बौद्धिमता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटिएकाले एकैथलोबाट सभागिहरुले लाभ लिएको सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाएका थिए  ।
सनवेले सूचना प्रविधिका विज्ञहरुको सहयोगमा नेपाल बार एशोसिएसन अन्तर्गतका कानुन व्यवसायी तथा आर्थिक महिला पत्रकार संघ अन्तर्गतका पत्रकार महिलाहरुलाई एआई प्रविधि र यसको उपयोगबारे प्रशिक्षण दिएको थियो । ‘एआई इन जर्नालिजम’ तथा ‘फिजिकल एआई’ विषयमा आयोजित छलफलमा सञ्चार, प्रविधि तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले एआईले पत्रकारिता, कानुन, उद्योग तथा दैनिक जीवनमा ल्याइरहेको परिवर्तनबारे आˆना अनुभव आदानप्रदान गरेका थिए ।
सो अवसरमा सहभागीहरुले आधुनिक एआई उपकरणको प्रयोग गर्दै छिटो, प्रभावकारी तथा सिर्जनात्मक रुपमा सˆटवेयर विकास गर्ने सीप सिक्ने अवसर पाएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सनवे इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटेको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे लगायतले अवको युग सुचना प्रविधिको युग भएकाले सोही अनुसारको नीति, लगानी र खोज अनुसन्धान गर्नुपर्ने बताउनुभएको थियो ।
विद्यार्थीहरुको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टुडेन्ट इनोभेसन शोकेस’ आयोजना गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न सिर्जनशील कार्य तथा एप्सहरुलाई उत्कृष्टताका आधारमा पुरस्कार र समान्न गरिएको थियो ।
यसले विद्यार्थीहरुलाई आˆना अनुसन्धान र परियोजनालाई उद्योग, विज्ञ तथा अन्य सहभागीमाझ प्रस्तुत गर्ने अवसर प्रदान गरेको सनवे कलेजका प्रिन्सिपल कुशल रेग्मीले बताउनुभयो ।
सनवे इनोभेशन फेस्टमा विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सक्रसमेत सञ्चालन गरिएको थियो । कार्यत्रमका सहभागीहरूले उद्योगका विशेषज्ञहरुसाग प्रत्यक्ष संवाद गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकास सम्बन्धी उपयोगी सुझाव प्राप्त गर्ने अवसर पाएका थिए ।

Post Views: 39

प्रकाशित: २०८३ श्रावण ११, सोमबार १७:०७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.