• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

एभरेष्ट महिला भलिबल लिग : चितवनको विजयी सुरुवात

  •  नेपाल विकास
  • २०८१ आश्विन १५, मंगलवार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। चितवन शक्तिले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा विजयी सुरुवात गरेको छ ।

    लिगको पहिलो खेलमै जित हात पार्ने क्रममा चितवनले सोमवारको तेस्रो खेलमा पोखरा थन्डर्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा चितवनले पहिलो सेट २५-२२ ले जितेकोमा दोस्रो सेट भने १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२३ र चौथो सेट २५-१७ ले जित्दै ३ अंक जोड्न सफल भयो ।

    चितवनले आफ्नो दोस्रो खेलमा मंगलवार काठमाडौ स्पारकर्ससॅंग छ। गन्डकीले मंगलवारै कर्णाली यसभिससॅंग दोस्रो खेल खेल्दैछ ।

    आजै भएको दोस्रो खेलमा कर्णाली यसभिसले मा मधेश युनाइटेडमाथि जित हासिल गरेको थियो । कर्णालीले मधेशमाथि ३-१ को सेटमा जित हात पारेको थियो ।

    पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० जितेको कर्णालीले अन्तिममा निरन्तर अंक गुमाउँदा तेस्रो सेट गुमायो । एक समय २४-१९ मा रहेर सहज जित तर्फ उन्मुख कर्णालीले निरन्तर अंक गुमाउँदा २६-२८ ले सेट गुमाउँन पुग्यो ।

    कर्णालीले चौथो सेटमा भने २५-११ को सेटमा सहज रुपले जित निकाल्दै खेल जित्यो । कर्णालीले आफ्नो दोस्रो खेलमा मंगलवार गन्डकी थन्डर्ससँग खेल्नेछ । उता, मधेशले दोस्रो खेलमा मंगलवार नै ललितपुर क्विन्सको सामना गर्नेछ ।

    आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित हात पारेको थियो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो ।

    त्यसपछिका दुई सेट २५-२१ र २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुर पहिलो खेलमा नै पूरा ३ अंक जोड्न सफल भयो ।

    तेस्रो सेटमा काठमाडौं र ललितपुर दुवै तर्फ खेलाडी घाइते हुँदा समस्या भएको थियो । काठमाडौंकी लिबेरो रश्मीता दुरा घाइते भएपछि कोपिला रानाले चौथो सेट लिबेरोमा खेलिन् । ललितपरुकी थाई स्पाइकर सुत्दाता पनि घाइते भएपछि खेल्न सकिनन् ।

    ६ टोलीले एकअर्काको सामना गरेपछि अंकतालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन्।

    Post Views: 280

    प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलवार ०८:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    रोबोटले तोड्यो मानव कीर्तिमान
    ताजा अपडेट
    • १. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • २. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ३. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.