• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

अफगानिस्तानमा पाकिस्तानी आक्रमण

Nepalics
२०८३ असार १५, सोमबार १०:३२
Advertisement

पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले कराचीमा सप्ताहन्तमा भएको घातक आक्रमणमा संलग्न समूहलाई निशाना बनाएर अफगानिस्तानको पाक्तिया, पाक्तिका र कुनार प्रान्तमा सटीक हवाई आक्रमण गरिएको बताउनुभयो ।

उहाँका अनुसार उक्त कारबाहीमा २५ जना आतङ्कवादी मारिएका छन् भने सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा थप चार जना लडाकू मारिएका छन् । पाकिस्तानले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट अलगिएको जमात–उल–अहरार समूहलाई लक्षित गरिएको जनाएको छ । यता तालिबान सरकारले तीनवटै पूर्वी प्रान्तमा भएका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको दाबी गरेको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सैन्य कारबाहीको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिनुभएको छ । अफगान अधिकारीहरूले आफ्नो भूमिमा विदेशी विद्रोही समूहलाई आश्रय दिएको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । सन् २०२१ मा तालिबान पुनः सत्तामा आएयता पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ ।

फेब्रुअरीमा एक सातासम्म चलेको भीषण सङ्घर्षपछि दुवै देशले मार्चमा युद्धविराममा सहमति गरेका थिए, तर त्यसयता सीमावर्ती क्षेत्रमा छिटफुट हिंसात्मक घटना दोहोरिँदै आएका छन् । अफगान अधिकारीहरूका अनुसार जुन महिनामा भएको पाकिस्तानी आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।

पछिल्लो घटनाको पृष्ठभूमिमा कराचीस्थित रेन्जर्स अर्धसैनिक शिविरमा शनिबार भएको आक्रमणलाई लिइएको छ । विस्फोटक पदार्थ र गोली प्रहार गरिएको उक्त घटनामा तीन जना अर्धसैनिक जवान मारिएका थिए । पाकिस्तानले घटनामा संलग्न व्यक्तिहरूमध्ये एक अफगान नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

इस्लामाबादले वर्षौंदेखि पाकिस्तानविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका टिटिपीका लडाकूहरूको आश्रयस्थल र हतियार भण्डारलाई लक्षित गरेर सीमापार सटीक कारबाही गर्न बाध्य भएको बताएको छ । तर अफगान पक्षले आफ्ना भूभागलाई उग्रवादीहरूले प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला महिनाहरूमा भएका पाकिस्तानी कारबाही तथा सीमावर्ती सङ्घर्षका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । फेब्रुअरीको अन्त्यतिर भएको युद्धमा सयौँ मानिस मारिनुका साथै दशौँ हजार नागरिक विस्थापित भएका थिए । त्यसक्रममा सीमाक्षेत्रमा तीव्र लडाइँ भएको थियो भने तालिबानका सर्वोच्च नेता बस्ने दक्षिणी सहर कान्दाहारसहित विभिन्न अफगान सहरहरूमा अभूतपूर्व पाकिस्तानी हवाई आक्रमण भएका थिए ।

चीनसहित विभिन्न देशहरूले मध्यस्थताको प्रयास गरे पनि दुई छिमेकी राष्ट्रबीच स्थायी समाधानको पहल सफल हुन सकेको छैन । गत अक्टोबरमा सीमापार हिंसा बढेपछि अधिकांश सीमा नाकाहरू आंशिक वा पूर्ण रूपमा बन्द भएका छन् र दुवै देशबीचको अविश्वास अझ गहिरिँदै गएको छ ।

Post Views: 15

प्रकाशित: २०८३ असार १५, सोमबार १०:३२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ३. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.