• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान

  •  नेपाल विकास
  • २०८१ मंसिर १२, बुधबार १३:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो । एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो ।

    यसमा चरण (लट–१) को लप्सीफेदी–रातामाटे–न्यु हेटौडा, दोस्रो चरण (लट–२) को रातामाटे–न्यू दमौली, र तेस्रो चरण (लट–३) को न्यु दमौली– न्यु बुटवलसम्मको प्रसारणलाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो । न्यु बुटवल–नेपाल/भारत सीमा क्षेत्रको प्रसारणलाइनका लागि भने यसअघि नै ठेक्का प्रक्रिया शुरु भइसकेको छ । लप्सीफेदी – रातमाटे –नयाँ हेटौँडा, रातामाटे – नयाँ दमौली र नयाँ दमौली – नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।

    एमसिए–नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।”

    एमसिए–नेपालले बुटवल– गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि एक सय २३ दशमलव ६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।

    एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमी खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानका कारण बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि बोलपत्र प्रक्रिया सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । यो प्रक्रियामा बोलपत्रदाताको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पद्र्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा एमसिए–नेपाल विश्वस्त रहेको उहाँले बताउनुभयो ।

    Post Views: 241

    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार १३:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.