प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढीबाट भएको क्षति र पीडा कुनै एक जिल्लाको मात्र नभई सिंगो राष्ट्रको साझा पीडा भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र धादिङका नागरिकले भोगेको विपद्ले सिंगो देशलाई स्तब्ध बनाएको बताए। उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’

