• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

मेलम्चीको पानी : महसुलबाट उठ्दैन प्रणाली धान्ने खर्च, ११ वर्षदेखि एउटै शुल्क

  •  नेपाल विकास
  • २०८१ मंसिर २३, आईतवार ०८:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – वितरण प्रणालीमा मेलम्चीको पानी थपिए पनि यतिखेर उपत्यकाबासीले थप महसुल तिर्नुपरेको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि तत्काल खानेपानी महसुल नबढाउने भएको छ ।

    पानी वितरण प्रणालीमार्फत् पहिलेको तुलनामा दोब्बर पानी उपभोक्ताको धारामा पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका अधिकांश स्थानमा लाइनको पानी खासै अभाव छैन ।

    वर्षायामसँगै बाढीले प्रणालीमा अवरोध पुर्याउनसक्ने भन्दै गत असार ७ देखि मेलम्चीबाट पानी पठाउन बन्द गरिएको थियो । बर्खा सकिएपछि असोज २२ गते मेलम्चीबाट काठमाडौंतर्फ पानी पठाउन थालिएको थियो ।

    अहिले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली पुगेका अधिकांश स्थानमा विगतको तुलनामा प्रशस्त पानी आउन थालेको छ । पहिले दैनिकजसो ९/१० करोड वितरण हुने प्रणालीमा अहिले २१/२२ करोड लिटर पानी वितरण भइरहेको छ । पहिले सातामा जम्माजम्मी दुई दिन पानी आउने गरेकोमा अहिलेहाल अधिकांश स्थानमा एकदुई दिन बिराएर पानी आउने गरेको छ ।

    काठमाडौंका उपभोक्ताको लागि विगतको तुलनामा पानी उपलब्धतामा वृद्धि भएपनि तत्काल पानीको उपभोग्य मूल्यमा भने कुनै वृद्धि गर्ने तयारी नगरिएको केयूकेएलका सूचना अधिकारी प्रकाशकुमार राईले बताए ।

    ‘अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी पाउँछौं, जसमा चार करोड लिटरजति परियोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले टेस्टिङमा प्रयोग गर्छ, बाँकी १३ करोड र अन्य स्रोतबाट ८/९ करोड जति थप हुँदा अहिले हामीले २१/२२ करोड लिटर पानी दैनिक रूपमा वितरण गरिरहेका छौँ’, उनले भने ।

    उनका अनुसार केयूकेएलले उपभोक्ताबाट वि.सं. २०७० साउन १ गते कायम गरेको पानीको महसुल नै लिने गरेको छ । त्यसयता मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा थपिए पनि महसुल बढाइएको छैन ।

    संघीय सरकारले खानेपानी महसुल निर्धारण गर्न आयोग नै बनाएको छ । खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष रुद्रप्रसाद गौतमले अहिले कुनै पनि क्षेत्रको पानीको नयाँ महसुल निर्धारण गर्ने विषयमा काम अगाडि नबढेको बताए । अहिले नियमावली स्वीकृतको चरणमा रहेकाले त्यसको काम नटुङ्गिएसम्म पानीको महसुल निर्धारण अघि नबढ्ने उनको भनाइ छ ।

    ‘अहिले नियमावली स्वीकृत भइसकेको छैन, सो स्वीकृत भइसकेपछि मात्रै जिम्मेवारी अनुसारको काम गर्छौं’, गौतमले भने, ‘अहिले कार्यालय व्यवस्थित गर्ने काम गरिरहेका छौं, खानेपानीको महसुल निर्धारणका लागि सम्बन्धित क्षेत्रबाट नै प्रस्ताव आउनुपर्छ, अहिलेसम्म आयोगमा कुनै क्षेत्रबाट महसुल बढाउन प्रस्ताव आएको छैन ।’

    पूर्णप्रयोगमा छैन प्रणाली

    केयूकेएलका सूचना अधिकारी राईका अनुसार वर्षायाममा आएको बाढीले ललितपुरको केही क्षेत्रमा खानेपानी वितरण प्रणालीमा असर गरेको थियो । तर, ती क्षेत्रका प्रणाली पूर्ववत अवस्थामा अझैसम्म ल्याउन सकिएको छैन । पानीका स्रोत व्यवस्थापनको काम भने सकिइसकेको छ ।

    ‘हाम्रो प्रणालीलाई असोज ११/१२ गतेको बाढीले असर गरेको छ, ललितपुर साइडको गोदावरी नगरपालिका, ललितपुर नगरपालिकाको पनि माथिल्लो भेगहरू, धापाखेल लगायत क्षेत्रमा अलिकति असर पुर्‍याएको छ’, राईले भने, ‘फर्पिङको पानी रिस्टोरेज गरिसकेका छौं ।’

    मेलम्ची आयोजनाले निर्माण गरेको वितरण प्रणाली पनि अहिलेसम्म पूर्ण प्रयोगमा आइसकेको छैन । जसले गर्दा अधिकांश स्थानमा अहिले पनि पुरानै वितरण प्रणालीमार्फत नै पानी वितरण गर्ने काम भइरहेको छ ।

    मेलम्ची आयोजनाले निर्माण गरेको प्रणाली सञ्चालन गर्दामात्रै लागत अवस्था थाहा हुने हुँदा नयाँ महसुल निर्धारणको काम अघि नबढेको उनले बताए ।

    ‘अहिले पनि काठमाडौंका अधिकांश स्थानमा पुरानै प्रणालीबाट पानीको वितरण भइरहेको छ, नयाँ प्रणाली परीक्षणको काम भइरहेको छ, जसलाई हामी फङ्क्सनल ग्यारेन्टी टेस्ट भन्छौं । त्यो परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाट पानी वितरण सुरु गर्छौं’, राईले भने, ‘भोलि मेलम्चीको सबै संरचना हस्तान्तरण हुँदा लाग्ने खर्चले पनि महसुल निर्धारणलाई प्रभाव पार्छ ।’

    अहिले कायम भएको पानीको महसुलले प्रणाली सञ्चालन गर्न धान्न सक्ने अवस्था नभएको र त्यसका लागि नयाँ शुल्क निर्धारण गर्नुपर्ने राईले बताएका छन् ।

    Post Views: 542

    प्रकाशित मिति: २०८१ मंसिर २३, आईतवार ०८:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.