• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

लेकको कठोर जीवनमा आधा शताब्दी बिताएका टेकध्वज घतान, भन्छन्– “सरकारको सहायता कहिल्यै पाएनौँ”

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १३:०७
Advertisement

बागलुङ । अग्लो पहाडी शिखर, जहाँ निलो त्रिपाल र पुराना थाङ्नाले छाएको अस्थायी गोठ छ। गोठ छेउमा भोटे कुकुरले सुरक्षा गर्दै छन् र वरपर हजारौँ भेडाहरू चरिरहेका छन्। यही दृश्यको बीचमा भेटिन्छन् टेकध्वज घतान – बागलुङको निसीखोला गाउँपालिका–६ निवासी, जो पाँच दशकभन्दा बढी समयदेखि भेडापालन गर्दै आएका छन्।

६४ वर्षीय घतान हाल टीकाधारा क्षेत्रमा झण्डै २०० भेडासहित बस्दै आएका छन्। उनीसँगै रोल्पा र रुकुमका सातजना गोठालाको समूह पनि त्यही गोठमा बस्छ। घतानको दिनचर्या बिहानै भेडा दुहुने, दिउँसो घाँस काट्ने र चराउने काममै बित्ने गर्छ।

टीकाधारा समुद्री सतहदेखि ४,२०० मिटरको उचाइमा रहेको बुकीपाटन क्षेत्रमा पर्छ। यहाँ गर्मीमा बाक्लो कपडा लगाउनुपर्ने चिसो हुन्छ। वर्षातमा लेक, जाडोमा बेँसी जाने उनीहरूको जीवनशैली विगतदेखि यस्तै छ।

यति लामो समय भेडापालन गरे पनि सरकारले आफूहरूलाई कुनै सहयोग नगरेको घतानको गुनासो छ। “कम्तीमा एउटा न्यानो ज्याकेट वा राम्रो त्रिपाल त दिए पनि हुन्थ्यो,” उनले भने, “कर्मचारीहरू बेलाबेला आएर नाम टिप्छन्, तर कहिल्यै केही दिँदैनन्।”

रुकुमका गोठाला सत्यराम विश्वकर्माले पनि राज्यले गोठ निर्माणका लागि सस्तो र बलियो त्रिपाल, सोलार लगायतका सामग्री उपलब्ध गराए ठूलो राहत हुने बताए। “तीन–चार ठाउँमा गोठ सार्नुपर्छ, सुविधा छैन, आफ्नै श्रमले बनाएका गोठमा बस्नुपर्छ,” उनले सुनाए।

यतिबेला बुकीपाटनमा बागलुङ, रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट आएका सयौं गोठालाहरू बसेका छन्। आन्तरिक पर्यटकको आकर्षण बढेसँगै भेडी बथान नजिकै फोटो खिच्ने र नाच्ने गरेको गोठालाहरूको गुनासो छ।

गोठाला लेकबहादुर विकका अनुसार पर्यटकहरू भेडाको बथानमा छिरेर चिच्याउँदा भेडा तर्सिने र टाढा भाग्ने गर्छन्। “भेडा जम्मा गर्न घण्टौं लाग्छ, उल्टै पर्यटकले हामीलाई गाली गर्छन्,” उनले दुखेसो पोखे।

Post Views: 194

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १३:०७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.