• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

Nepalics
२०८३ बैशाख ४, शुक्रबार १२:४७
Advertisement

डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम सञ्चालन भएका साझेदार विद्यालयका उत्कृष्ट विद्यार्थीलाई डिजी अवाड्र्सबाट सम्मानित गरेको छ । अभिभावकहरु सहितको उपस्थितीमा आयोजित सा कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावनाको विकास गराउनु, सूचना प्रविधिमा रहेका अथाह सम्भावनाहरूको खोजी गर्नु र कक्षाकोठाको सिकाइलाई व्यवहारमा रूपान्तरण गर्नु नै यस अवार्ड कार्यक्रमको मुख्य उद्देश्य रहेको डिजी स्कुलका अध्यक्ष अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले गत शैक्षिक सत्रमा आफ्नो पाठ्यक्रममा आधारित भई तयार पारेका ‘मिड–इयर प्रोजेक्ट’ हरुलाई मूल्याङ्कनको मुख्य आधार बनाइएको थियो । विद्यार्थीहरुबाट विभिन्न नवीन परियोजनाहरु मध्येबाट प्रत्येक कक्षाबाट एक–एक जना उत्कृष्ट विद्यार्थीलाई ‘कक्षागत विजेता’का रुपमा अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी, साझेदार विद्यालयहरुमा सक्रिय रूपमा सञ्चालित ‘डिजि क्लब’ का सदस्यहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने ५ जना विद्यार्थीहरुलाई समेत उनीहरूको योगदानको कदर गर्दै विशेष अवार्डद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा डिजी स्कुलका प्रमुख कार्यकारी अधिकृत सिईओ राजु बानियाले भन्नुभयो, ‘हामी केवल प्रविधिको ज्ञान मात्र दिँदैनौँ, विद्यार्थीहरूले सिकेका कुरालाई कसरी वास्तविक समस्या समाधानमा प्रयोग गर्न सक्छन् भन्ने कुरालाई प्रोत्साहन गर्छौँ, आजका विजेताहरू भोलीको डिजीटल नेपालका आधारशिला हुन्,।’
अभिभावकहरुले आफ्ना बालबालिकाहरूले प्रविधिको प्रयोग गरी निर्माण गरेका प्रोजेक्टहरू देख्दा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउने धारणा राख्नुभएको थियो । डिजी स्कुल ग्लोबलले आगामी दिनमा पनि सूचना प्रविधिको क्षेत्रमा यस्तै रचनात्मक र प्रयोगात्मक शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Post Views: 229

प्रकाशित: २०८३ बैशाख ४, शुक्रबार १२:४७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.