• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

चीनका वैज्ञानिकहरुद्धारा समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल

Nepalics
२०८३ जेष्ठ २४, आईतवार ११:१५
Advertisement

चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ । पूर्वी चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार यस मोडेलको औपचारिक उद्घाटन गरिएको हो ।

चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली, सन् २०२४ को अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप हो । संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ । आँधीको दिशा परिवर्तन र तीव्रता बढ्ने अवस्थासमेत अनुमान यो प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क, उपग्रहबाट प्राप्त बादलका तस्वीर र ऐतिहासिक आँधी मार्गहरूलाई संयोजन गरी पूर्वानुमान गर्छ ।

यसले विशेषगरी आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता कठिन अवस्थाहरूको भविष्यवाणी गर्न सक्छ । विशेषज्ञहरूका अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पु¥याउन सक्छ । समुद्री संरचना र ध्रुवीय जलयात्राका लागि उपयोगी यो प्रणालीले समुद्रभित्र रहेका शक्तिशाली तर अदृश्य तरंगहरू पनि पहिचान गर्न सक्छ, जसले समुद्री तेल प्लेटफर्म तथा अन्य संरचनामा क्षति पु¥याउन सक्छन् ।

यसले यस्ता तरंगहरूको आगामी ३० दिनसम्मको विकासक्रम र आगामी सात दिनका गति तथा उचाइसम्बन्धी जानकारी उपलब्ध गराउँछ । अन्तर्राष्ट्रिय समुद्री बरफ पूर्वानुमान सञ्जालद्वारा गरिएको स्वतन्त्र मूल्याङ्कनमा यस प्रणालीले सन् २०२५ को सेप्टेम्बर महिनाको आर्कटिक समुद्री बरफ क्षेत्रफलको मौसमी पूर्वानुमानमा विश्वका विभिन्न मोडेलहरूमध्ये पहिलो स्थान हासिल गरेको थियो ।

यो प्रणालीले ३ किलोमिटरको उच्च स्पष्टतामा मासिक स्तरको समुद्री बरफ पूर्वानुमान गर्न सक्छ, जुन आर्कटिक जलयात्रा, जलवायु अनुसन्धान तथा ध्रुवीय नेभिगेसन सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । भविष्यमा समुद्री बुद्धिमत्ता मञ्च बनाइने अनुसन्धान टोलीका अनुसार यो प्रणालीले विभिन्न स्रोतबाट प्राप्त अवलोकन, भौतिक विज्ञानको ज्ञान र कृत्रिम बुद्धिमत्ताको तर्कशक्तिलाई एकीकृत गरेर अझ छिटो, सटीक र अन्तरक्रियात्मक समुद्री पूर्वानुमान सेवा प्रदान गर्छ ।

भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने योजना रहेको वैज्ञानिकहरूले बताएका छन् । हजारौं वर्षअघि आकाशको अवलोकनबाट सुरु भएको ज्ञानको त्यो परम्परा आज कृत्रिम बुद्धिमत्ताको सहयोगमा महासागरको भविष्य बुझ्ने नयाँ युगमा प्रवेश गरेको छ ।

Post Views: 14

प्रकाशित: २०८३ जेष्ठ २४, आईतवार ११:१५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.