• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

Nepalics
२०८३ असार १०, बुधबार ११:४८
Advertisement

काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् ।

सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको सङ्ख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् । विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक करिब ३० जनाले उजुरी गर्ने गरेका र धेरै निवेदक साना बचतकर्ता रहेको जानकारी दिनुभयो ।

साना बचतकर्ताले रु एक लाखदेखि रु पाँच लाखसम्म रकम जम्मा गरेका छन् । पछिल्लो समय कामपाले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । केही दिनअघि मात्रै कामपाले बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिसकेको जनाएको छ । सो सहकारीले रु एक लाख ५० हजारसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गरेको हो ।

विभागका अनुसार आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको छ । साथै ठूला बचतकर्ताका हकमा ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको पनि प्रमुख काफ्लेले जानकारी दिनुभयो । सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ ।

सहमति हुन नसकेमा आवश्यक कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ । हाल कामपामा एक हजार ९१२ सहकारी रहेको छ । जम्मा सहकारी सङ्ख्यमा ५० प्रतिशतले मात्रै नियमित रुपमा वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेस गर्ने गरेका छन् । यसरी दर्ता भएका तर नियमित रुपमा साधारणसभा नगर्ने सहकारीलाई कामपाले कानुनी रुपमा कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

Post Views: 25

प्रकाशित: २०८३ असार १०, बुधबार ११:४८
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ३. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.