• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

Nepalics
२०८३ श्रावण २७, बुधबार १७:५३
Advertisement

बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयन र समसामयिक सुधारमा सरोकारवालाले जोड दिनुभएको छ । नेपाल कानुन समाज र संविधान निगरानी समूहले आज संयुक्त रुपमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा उहाँहरुले नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति, आर्थिक सबलता र छिमेकी राष्ट्रको बढ्दो सामरिक प्रभावकाबीच परराष्ट्र नीतिलाई थप सन्तुलित र परिणाममुखी बनाउनुपर्ने औँल्याउनुभयो ।

नेपालको संविधानले निर्दिष्ट गरेबमोजिम देशको भौगोलिक अवस्थिति, आर्थिक सामाजिक तथा सांस्कृतिक परिवेशका आधारमा नेपालले सदा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको उहाँहरुको भनाइ थियो । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदासले असंलग्नता नै नेपालको परराष्ट्र नीतिको मुख्य आधार भएकाले छिमेकीसँग सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आन्तरिक एकता सुदृढ गर्दै परराष्ट्र मामलामा स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा राजन भट्टराईले नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा छिमेकीसँग सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमुख्यसचिव शङ्करदास बैरागीले ‘नेपालको परराष्ट्र नीतिः चुनौती, अभ्यास र आगामी मार्गदर्शन’ विषयमा कार्यपत्र प्रस्ततु गर्दै परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई एकापसमा परिपूरक हुने गरी एकीकृत ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । अर्का पूर्वमुख्यसचिव लीलामणि पौड्यालले अन्तरराष्ट्रिय जगतसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रहितको पक्षमा कायम गर्दै मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पूर्वमुख्यसचिव एकनारायण अर्यालले राष्ट्रको महत्वपूर्ण विषय भएकाले व्यक्ति र दल विशेषका आधारमा नभई परराष्ट्र नीतिका विषयमा छलफल गर्न विशिष्ट खालको संरचना आवश्यक भएको बताउनुभयो । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले देशको परराष्ट्र नीति दल विशेषको नभई अन्तरराष्ट्रिय सम्बन्धका आधारमा स्वतन्त्र र सन्तुलित बनाइनुपर्ने बताउनुभयो ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विश्व शान्ति, आर्थिक विकास र क्षेत्रीय सौहार्दतामा नेपालले जोड दिँदै आएको भए पनि राजनीतिक परिवर्तनसँगै यसका मान्यतामा केही रूपान्तरण भएको बताउनुभयो ।

Post Views: 26

प्रकाशित: २०८३ श्रावण २७, बुधबार १७:५३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.