• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

हर्मुज खुलाउनेबारे इरान–ओमान छलफल

Nepalics
२०८३ भाद्र ८, सोमबार १७:३१
Advertisement

हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्नुहुने भएको छ । उहाँले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा तथा द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नुहुनेछ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबीच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताउनुभएको छ ।

उहाँका अनुसार क्षेत्रीय शान्ति तथा सुरक्षा सुदृढ गर्नु र इरान–ओमान सहयोग विस्तार गर्नु भ्रमणको प्रमुख उद्देश्य हो । फेब्रुअरी २८ मा मध्यपूर्वमा युद्ध सुरु भएयता इरानले तेल तथा ग्यास ढुवानीका लागि महत्त्वपूर्ण हर्मुज जलघाँटीमा नियन्त्रण कायम राखेको छ । जलमार्ग प्रयोग गर्ने जहाजले अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था रहेको बताइएको छ ।

युद्धअघि विश्वको तेल तथा एलएनजी निर्यातको करिब पाँचौँ हिस्सा यही मार्गबाट हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा असर पार्दै आएको छ । इरान र ओमानले हर्मुज हुँदै जहाज आवागमनका लागि नयाँ व्यवस्था तथा मार्गबारे छलफल गरिरहेका छन् ।

जलघाँटीले दुई देशलाई छुट्याउँछ । यद्यपि, प्रस्तावित व्यवस्थासम्बन्धी सम्झौता अझै अन्तिम भएको छैन । अमेरिकाले जलघाँटीलाई युद्धअघि कायम रहेको स्वतन्त्र नौवहन व्यवस्थामा फर्काउनुपर्ने बताउँदै आएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गर्नुभएको छ । तेहरानले भने वार्ताबाट सहमति बने पनि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेलगायत आफ्ना माग पूरा नगरेसम्म जलमार्ग पूर्ण रूपमा खुला नहुने अडान राख्दै आएको छ । यसले हर्मुज हुँदै अन्तर्राष्ट्रिय जहाजको नियमित आवागमन तत्काल सामान्य हुनेमा अनिश्चितता कायमै छ ।

Post Views: 22

प्रकाशित: २०८३ भाद्र ८, सोमबार १७:३१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.