• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  •  नेपाल विकास
  • २०८१ आश्विन १५, मंगलवार ०७:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो ।

    सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।

    बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

    यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सड्कको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिनुभयो । सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उहाँले बताउनुभयो । आज बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले जानकारी दिनुभयो ।

    Post Views: 229

    प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलवार ०७:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    रोबोटले तोड्यो मानव कीर्तिमान
    ताजा अपडेट
    • १. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • २. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ३. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.