• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

बारा–पर्सा कोरिडोरका ४ डण्डी उद्योग बन्द

  •  नेपाल विकास
  • २०८१ मंसिर २३, आईतवार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वीरगञ्ज । नीतिगत अस्थिरता र बजार संकुचनका कारण बारा र पर्साका फलाम उद्योगहरू थलिएको सम्बद्ध उद्यमीले बताएका छन् ।

    वीरगञ्ज क्षेत्रको भौगोलिक अवस्थिति, कच्चा पदार्थ आपूर्ति र ढुवानीमा सहजतालगायत कारण यो क्षेत्रमा फलामजन्य निर्माण सामग्री (डण्डी, जस्तापाता, पाइप र तारजालीलगायत) का उद्योग खुलेकामा अहिले अधिकांश उद्योग संकटमा परेको उद्योगीको भनाइ छ ।

    ‘लगानीको प्रवृत्ति र भौगोलिक सहजताको आधारमा यो क्षेत्रमा निर्माण सामग्री उत्पादनको राम्रो सम्भावना थियो । पछिल्लो समयमा निर्माणमा आएको सुस्तीले उद्योग संकटमा परेका छन् । केही उद्योग त बन्द भइसकेका छन्,’ उद्योगी प्रदीप केडियाले भने ।

    सरकारको नीतिमा स्थायित्व नहुँदा उद्योगलाई झन् सकस थपिएको छ । सरकारले स्वदेशमै बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै स्पन्ज आइरन आयातमा सहुलियत दिएपछि कोरिडोरका चारओटा उद्योगले यस्ता प्रविधिमा लगानी बढाए, तर चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले स्पन्ज आइरन आयातमा दिएको सहुलियत हटाएपछि त्यस्ता उद्योगको लगानी आफूहरूलाई बोझ बनेको सम्बद्ध उद्योगीहरूको गुनासो छ ।

    यो क्षेत्रका दुई दर्जन स्टील उद्योगले बजारमा संघर्ष छोडेका छैनन् । तर, ४ ओटाले उत्पादन नै बन्द गरिसकेका छन् । सञ्चालनमा रहेकामध्ये पनि अधिकांश उद्योग क्षमताको ४०/४५ प्रतिशतमा सञ्चालन भइरहेको उद्योगी बताउँछन् ।

    नेपाल विकासशील देश भएकाले निर्माण सामग्रीको बजार विस्तार हुनेमा उद्योगी आशावादी भएकैले यस्ता उद्योगमा लगानी बढेको हो । तर, कोरोना महामारीयता अर्थतन्त्रमा देखिएको सुस्तताको असरबाट यस्ता उद्योग प्रभावित भएको उद्यमीको भनाइ छ ।

    ‘२०७२ सालमा संविधान जारी भएपछि राजनीतिक स्थायित्वसँगै विकास निर्माणका ठूला योजना आउने र यसले फलामको माग बढ्ने सम्भावनाकै कारण नयाँ उद्योग आएका थिए्,’ जगदम्बा इन्टरप्राइजेजका सञ्चालक रमेश अग्रवालले भने, ‘तर, अपेक्षा गरिएअनुसार योजना नआउँदा बजार बढ्नुको सट्टा झन् खुम्चियो ।’

    सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम निकासा नगर्दा त्यसको चक्रीय प्रभावबाट यस्ता उद्योगसमेत प्रभावित भएको अग्रवालको भनाइ छ । कोरोना महामारीयता बजारमा छाएको मन्दीसँगै सबैजसो उद्योग घाटामा चलिरहेको उनले बताए ।

    अहिले डण्डी उद्योगको वार्षिक उत्पादन क्षमता ३० लाख टन पुगिसकेको दाबी उद्यमीहरूको छ । बजारमा खपत खस्किएपछि माग भने १० लाख टनको हाराहारी झरेको उद्यमी अग्रवालले बताए । बजार खस्किएपछि उद्योगीले लागतभन्दा पनि कम मूल्यमा उत्पादन बेचेर घाटा कम गर्ने उपायमा लागेको एक उद्योगीले बताए ।

    ‘शुरूमा लगानी ल्याउने प्रतिस्पर्धाले बजारको मागभन्दा उत्पादन क्षमता भयो । त्यस अवस्थमा समेत तीव्र प्रतिस्पर्धा थियो । अहिले बजार नै खुम्चिएपछि अधिकांश उद्योग उत्पादन कटौतिमा लागेका छन्,’ डण्डी उद्योग बन्द गरेका उद्योगी अशोककुमार वैद भन्छन् ।

    वैदले मारुती नन्दन रोलिङ मिल बन्द गरेका छन् । कोरिडोरकै भगवती स्टील, वन्दना स्टील र अन्य एक उद्योगले डण्डी उत्पादन बन्द गरिसकेका छन् । यही अवस्था अझ केही समय लम्बिने हो भने स्टील उद्योग नै धराशयी हुने चिन्ता उद्योगीलाई छ ।

    नयाँ विकास योजना नआउनु, सरकारले पूँजीगत बजेट खर्च गर्न नसक्नु र सरकारले निर्माण व्यवसायीको ६० अर्ब रुपैयाँभन्दा बढी रकम अड्काएर राखेपछि भएकै योजना पनि अघि नबढ्नुजस्ता कारणले यस्ता उद्योगको बजार संकटग्रस्त बन्न पुगेको उद्यमीको बुझाइ छ ।

    Post Views: 479

    प्रकाशित मिति: २०८१ मंसिर २३, आईतवार ०८:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.