• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

  •  नेपाल विकास
  • २०८१ पुष ४, बिहीबार ०७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन। चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ ।

    निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली तथा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

    निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा १० करोड ६७ लाख एक हजार नौ सय राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

    यसैबीच यस अवधिमा निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको छ । पाँच वर्षमाथिका घडियाललाई विभिन्न तीनपटकमा गरी ४० पोथी र एक भाले राप्ती नदीमा लगेर छाडिएको अधिकृत थापामगरले जानकारी दिए ।

    निकुञ्जले वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि विभिन्न समयमा स्थानीयसँगको सहकार्यमा बैठक बस्ने तथा कार्ययोजना बनाएर काम गर्ने गरेको उनको भनाइ छ ।

    निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या धेरै देखिएको जनाउँदै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

    निकुञ्जको पश्चिम सेक्टर नवलपुर क्षेत्रमा गैँडाको सङ्ख्या धेरै पाइएकाले नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारततर्फ लैजानसक्ने भएकाले गैँडा संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको उनले बताए ।

    Post Views: 661

    प्रकाशित मिति: २०८१ पुष ४, बिहीबार ०७:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
    ताजा अपडेट
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ३. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    • ४. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ५. सुनचाँदीको मूल्य वृद्धि

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ३. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ४. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.