• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

चितवन राष्ट्रिय निकुञ्जको कडाइ : एक वर्षमा ४४२ जना पक्राउ, वन्यजन्तु अपराधमा कडा कारबाही

  •  नेपाल विकास
  • २०८२ श्रावण १०, शुक्रबार १३:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन — चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न अपराधमा संलग्न ४४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ। पक्राउ परेका व्यक्तिहरूमध्ये २६६ जना वनसम्बन्धी र १७६ जना वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न रहेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए।

    निकुञ्जले गैँडा सम्बन्धी मुद्दामा ८, बाघमा १, बँदेलमा २६, सालकमा ५, च्याउमा ४, चितुवा ५, हिउँचितुवा २, र पन्क्षीसम्बन्धी मुद्दामा ३ जनालाई पक्राउ गरेको छ। त्यस्तै, माछा चोरी शिकारीमा १२६, ढुंगा-गिटी, बालुवा तस्करीमा ५, घाँसदाउँरा संकलनमा १४१ र निगुरो संकलनमा ८७ जनालाई कारबाही गरिएको छ।

    निकुञ्जभित्र अनुमति बिना प्रवेश गर्ने २३ जनामाथि र निषेधित क्षेत्रमा प्रवेश गर्ने ६ जनामाथि पनि कारबाही गरिएको छ।

    थापा मगरका अनुसार पक्राउ परेकाविरुद्ध २६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ४ वटा जिल्ला अदालतमा र बाँकी निकुञ्ज कार्यालयमै दर्ता गरिएका छन्। अदालतमा रहेका मुद्दाहरू सालक, गैँडा र बाघसम्बन्धी रहेका छन्।

    गत वर्ष दर्ता गरिएका मुद्दामध्ये १४ वटा मुद्दाको फैसला भइसकेको छ। साथै, अघिल्लो आर्थिक वर्षबाट सरेका २७ मुद्दासमेत समेटेर हालसम्म निर्णय भएको निकुञ्जले जनाएको छ। चालु आर्थिक वर्षका लागि थप २६ वटा मुद्दा जिम्मेवारीमा आएका छन्।

    Post Views: 138

    प्रकाशित मिति: २०८२ श्रावण १०, शुक्रबार १३:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    रोबोटले तोड्यो मानव कीर्तिमान
    ताजा अपडेट
    • १. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • २. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ३. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.