• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

विद्यालयहरूमा डिजिटल साक्षरताको अभियानमा ‘डिजी स्कुल’

  •  नेपाल विकास
  • २०८२ पुष १७, बिहीबार १३:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘डिजी स्कुल’ अभियान प्रभावकारी रुपमा अघि बढेको छ । प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउने लक्ष्य सहित सञ्चालन गरिएको सो अभियानले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ ।

    डिजी स्कुल अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम तथा विद्यार्थीहरूका लागि डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै सिकाइ प्रक्रियालाई अझ रोचक र प्रभावकारी बनाएको डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘ डिजिटल साक्षरता आजको आवश्यकता मात्र नभई मुलुकको भविष्य निर्माणको आधार पनि हो, ।’ प्रविधिको सही प्रयोग मार्फत विद्यार्थीहरूलाई सूचना प्रविधिमा सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउने अभियानको मुख्य लक्ष्य रहेको  श्रेष्ठले बताउनुभयो । विशेषगरी ग्रामीण तथा पहुँच बाहिरका विद्यालयहरूमा डिजिटल शिक्षाको पहुँच विस्तारलार्य प्राथमिकता दिइएको डिजी स्कुलले जनाएको छ ।

    डिजी स्कुल मार्फत शिक्षकहरूका लागि डिजिटल टुल्स, ई–लर्निङ प्लेटफर्म र आधुनिक शिक्षण विधिबारे तालिम प्रदान गरिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग, र नवप्रवर्तनशील सोच विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

    डिजी स्कुल अभियानले विद्यालय शिक्षालाई समय अनुकूल बनाउँदै २१औँ शताब्दीको सिकाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । सो कार्यक्रमबाट २ सय ५० विद्यालयका विद्यार्थी लावान्धित भएका छन ।

    आगामी दिनमा अझ धेरै विद्यालयलाई डिजिटल सञ्जालमा जोड्दै ‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने लक्ष्यसहित डिजी स्कुल अभियानलाई विस्तार गरिने बताइएको छ ।

    यस अभियानले विद्यालय प्रशासनलाई पनि डिजिटल व्यवस्थापन प्रणालीमार्फत विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति र अभिभावकसँगको समन्वय सुदृढ बनाउन मद्दत पुर्‍याएको छ ।

    शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरण अपरिहार्य बन्दै गएको वर्तमान सन्दर्भमा डिजी स्कुल अभियानलाई सरकारी, निजी तथा सामुदायिक विद्यालयहरूबीच सहकार्यको उदाहरणका रूपमा हेरिएको छ।  डिजिटल साक्षर समाज निर्माणतर्फ अग्रसर यस अभियानले नेपालको शिक्षा प्रणालीलाई नयाा उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    स्थापनाको ५ वर्ष प्रवेश गरेको अवसरमा डिजी स्कुलले विद्यार्थी लक्षित डिजी मेडिकल सेवा, विद्यालयमै स्वास्थ्य परिक्षण सेवा समूह दुर्घटना बीमा जस्ता कार्यक्रम पनि ल्याएको छ ।

     

    Post Views: 71

    प्रकाशित मिति: २०८२ पुष १७, बिहीबार १३:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ३. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.