• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कूल अस्ट्रेलियामा विस्तार

  •  Nepalics
  • २०८२ माघ १०, शुक्रबार १५:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कूल अस्ट्रेलियामा पनि विस्तार भएको छ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभियान चलाईरहेको डिजी स्कूलले अन्तराष्ट्रिय विस्तार अन्तर्गत अष्ट्रेलियामा आफ्नो उपस्थिती जनाएको हो ।
    डिजीस्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कूललाई नेपालबाट अष्ट्रेलियापछि अमेरिका लगायतका अन्य देशहरुमा समेत विस्तार गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । विद्यार्थीहरुलाई विद्यालय तह देखि नै कोडिङ, कृत्रिम बुद्धिमता (एआई), साईबर सुरक्षा र डेटा साईन्स जस्ता विषयहरुमा दक्ष बनाउने डिजी स्कूलको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    डिजी स्कूल अष्ट्रेलिया मार्फत विद्यालयतहका विद्यार्थीहरुलाई भर्जुअल माध्यामबाट आईटी तथा कोडिङ शिक्षा उपलव्ध गराईने अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनहरुमा ग्लोबल आईटी सर्टिफिकेशन कार्यक्रमहरु शुरु गरिनेछ, जसले अष्ट्रेलियाका विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरमा मान्यताप्राप्त सीप हासिल गरी आईटी क्षेत्रमा रोजगारीका अवसरहरु प्राप्त गर्न सहयोग पुर्‍याउनेछ, ।’
    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले डिजिटल युगमा आईटी शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो । आईटी शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी सफ्टवेयर निर्यात मार्फत देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्‍याउन सकिने मल्लको भनाई छ ।
    अष्ट्रेलियामा आयोजित डिजी स्कूल सुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजु बानियाले आईटी शिक्षा र सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
    अष्ट्रेलियामा आयोजित शुभारम्भ कार्यक्रममा नेपालका विभिन्न अग्रणी विद्यालयहरुका १० भन्दा बढी प्रिन्सिपल तथा अध्यक्षहरुको सहभागिता रहेको थियो । जसले डिजी स्कूलको शैक्षिक दृष्टिकोणप्रति बलियो समर्थन रहेको स्पष्ट पारेको छ ।
    अन्तराष्ट्रिय विस्तारसंगै डिजी स्कूलले विश्वभरका बालबालिकालाई भविश्य उन्मुख प्रविधिलाई शिक्षामार्फत सशक्त बनाउने आफ्नो अभियान रहेको बताएको छ ।

     

     

    Post Views: 58

    प्रकाशित मिति: २०८२ माघ १०, शुक्रबार १५:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.