• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

के के अटाए आगामी आर्थिक बर्षको बजेटमा ?

अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्नुभएको छ ।
नेपाल विकास
२०८१ जेष्ठ १५, मंगलवार १७:२१
Advertisement

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा ।

गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट ।

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट।

जलस्रोत तथा सिंचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन ।

रासायनिक मल खरिदका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन।

शिक्षा क्षेत्रमा २ खर्ब ३ अर्ब ६६ करोड बजेटः नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीको भिसा सहजीकरण गर्ने।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोड कटौती ।

काठमाडौं र बुटवलमा आईटी पार्क बनाइने, ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान दिइने ।

आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षको रुपमा अघि बढाइनेः सूचना प्रविधि क्षेत्रमा पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य ।

निजगढदेखि ढल्केबरसम्म पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा कोरिडोरका रुपमा विकास गरिने ।

नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजिकरण गरि सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने । राम जानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धधन गरिने ।

पर्यटकको संख्या वृद्धि गर्न सरकारी जग्गामा होटल बनाउन निजी क्षेत्रलाई जग्गा लिज (भाडा) मा दिने।

गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन तीन अर्ब रुपैयाँ विनियोजन । आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउन एक अर्ब ४३ करोड विनियोजन ।

आगामी वर्ष एक हजार युवालाई सिपमुलक तालिम दिइने । ४३ करोड बजेट । वैदेशिक रोजगारीबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रम मार्फत उद्यमशिलता विकास गरिने ।

लुम्बिनी प्रदेशमा पत्रकार कृष्णसेन इच्छुक प्रतिष्ठान स्थापना गर्ने ।
मुलुकमा उच्चदरको आर्थिक वृद्धिका लागि सम्भाव्य क्षेत्रको पहिचान गरी नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अघि बढाउनका लागि सुझाव लिनेगरी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने।

गाँजा र घरेलु मदिरालाई बैध बनाउने रणनीति ।

नागरिक उड्डयन पूर्वाधारतर्फ ३ अर्ब ७७ करोड बिनियोजनः सञ्चालनमा नरहेका विमानस्थलहरूलाई साहसिक खेलका निम्ति उपयोग गर्ने।

पर्यटन विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन, एक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य ।

उधारो कारोबारमा फसेका र सापटी रकम दिँदा पीडित भएकाहरूको हकमा कानुन बनाउने।

जनकपुरधाममा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने।

सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने।

स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गरिने । स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरियो ।

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा गर्दै १० करोड बजेटको व्यवस्था।

अपाङ्गता भएका व्यक्तिले चढ्ने स्कुटरलाई भन्सार छुट ।

नेपालका विश्वविद्यालयबाट अध्ययन सक्काएका विद्यार्थीलाई रोजगारी दिलाउन तीन अर्ब रुपैयाँ विनियोजन ।

आगामी वर्ष बंङ्गलादेशमा विजुली बेच्ने घोषणा, बुढिगण्डकी निर्माण सुरु हुने ।

राष्ट्रिय खेलकुद पूर्वाधार निर्माणका लागि १ अर्ब ३० करोड विनियोजन ।

सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना निर्माणका लागि ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन।

उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन।

सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने ।

सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने ।

मौलिकता र मूल्य मान्यता झल्किने समुदायको कथन बालबालिकालाई सुनाउने ।

विद्यालय दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट ।

बनेपामा फिल्म स्टुडियो सुरु गरिने, निजी साझेदारीमा दोलखाको फिल्म सिटी बनाइने ।

बागमती नदीको स्रोत नागमतीमा बाँध निर्माण गरिने ।

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था ।

बजेटबाटै पूर्ण प्रेस स्वतन्त्रताको रटान ।

सामाजिक सुरक्षा भत्ता निरन्तर, एक खर्ब १६ अर्व विनियोजन ।

भरतपुर, पोखरा र बुटवललाई जोडेर आर्थिक त्रिभूज योजना, २ अर्ब विनियोजन ।

भूमिहीन, दलित तथा सुकुम्वासी पाँच लाख परिवारलाई जग्गाधनीपूर्जा उपलब्ध गराइने ।

रेल विकासका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन ।

खेल क्षेत्रको पुर्वाधार विकासका लागि एक अर्ब ३० करोड: टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने ।

स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिनेः ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा ।

Post Views: 325

प्रकाशित: २०८१ जेष्ठ १५, मंगलवार १७:२१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.