• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

जेफ्री एपस्टिनको भनिएको ‘सुसाइड नोट’ सार्वजनिक

Nepalics
२०८३ बैशाख २४, बिहीबार १७:२१
Advertisement

अमेरिकामा जेलभित्र मृत फेला परेका अमेरिकी वित्तीय कारोबारी तथा यौन अपराध अभियुक्त जेफ्री एपस्टिनको भनिएको ‘सुसाइड नोट’ सार्वजनिक गरिएको छ ।

बालिकाहरूलाई यौन शोषण तथा वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा मुद्दा सामना गरिरहेका एपस्टिन सन् २०१९ मा न्यूयोर्कस्थित जेलमा मृत भेटिएका थिए। अमेरिकी अधिकारीहरूले त्यसलाई आत्महत्या भनेका थिए, यद्यपि घटनाबारे विभिन्न विवाद र अड्कलबाजी लामो समयदेखि भइरहेका छन्    ।

अमेरिकी अदालतले बुधबार सार्वजनिक गरेको हस्तलिखित नोट यसअघि गोप्य अदालत अभिलेखमा राखिएको थियो। उक्त नोट एपस्टिनसँग जेल कोठा साझा गरेका पूर्व प्रहरी अधिकारी निकोलस टार्टाग्लियोनसँग सम्बन्धित मुद्दाको कागजातभित्र रहेको बताइएको छ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सको अनुरोधपछि संघीय न्यायाधीश केनेथ करासले नोट सार्वजनिक गर्न आदेश दिएका हुन्   ।

रिपोर्टअनुसार नोटमा “उनीहरूले मलाई महिनौं जाँच गरे, केही पनि फेला पारेनन्” भन्ने आशयको वाक्य लेखिएको छ। त्यसैगरी “आफ्नो विदाइको समय आफैं छान्न पाउनु अवसर हो” भन्ने वाक्य पनि उल्लेख गरिएको छ  ।

तर उक्त नोटमा हस्ताक्षर नभएको र आधिकारिक रूपमा प्रमाणीकरण नभएको विवरण पनि सार्वजनिक गरिएको छ  ।

टार्टाग्लियोनले उक्त नोट जेलको एउटा ग्राफिक उपन्यासभित्र फेला पारेको दाबी गरेका छन्। अदालतका कागजातअनुसार नोटको मूल प्रति सन् २०२१ मा अदालतलाई बुझाइएको थियो  ।

यस विषयलाई लिएर अमेरिकामा फेरि बहस सुरु भएको छ। एपस्टिनको मृत्यु आत्महत्या हो वा होइन भन्ने विषयमा विगतदेखि नै विभिन्न षड्यन्त्र सिद्धान्तहरू सार्वजनिक हुँदै आएका छन्। तर अमेरिकी न्याय विभागले आधिकारिक रूपमा उनको मृत्यु आत्महत्या भएको निष्कर्ष सार्वजनिक गरिसकेको छ  ।

एपस्टिनमाथि प्रभावशाली राजनीतिज्ञ, व्यवसायी तथा सार्वजनिक व्यक्तिहरूसँग सम्बन्ध रहेको आरोप र चर्चा विगतदेखि हुँदै आएको थियो। यद्यपि विभिन्न व्यक्तिहरूको नाम सार्वजनिक बहसमा आए पनि सबै आरोप अदालतबाट प्रमाणित भएका छैनन् ।

Post Views: 84

प्रकाशित: २०८३ बैशाख २४, बिहीबार १७:२१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.