• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ सम्बन्धी मार्गदर्शन ल्याउँदै, नयाँ वित्तीय प्रविधिका परीक्षणलाई दिने छुट

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १२:३९
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र अन्य लाइसेन्सप्राप्त निकायहरूको लागि ‘रेगुलेटरी स्यान्डबक्स’सम्बन्धी मार्गदर्शन ल्याउने भएको छ। नयाँ प्रविधि र प्रोडक्टको परीक्षण गर्न सकिने वातावरण बनाउने उद्देश्यले यस्तो मार्गदर्शन तयार पारिएको हो।

राष्ट्र बैंकले उक्त मार्गदर्शनको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ। आवश्यक सुझाव समेटेपछि उक्त नीति कार्यान्वयनमा ल्याइने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिएका छन्।

के हो रेगुलेटरी स्यान्डबक्स?
बैंक तथा वित्तीय संस्थाहरूले समयानुसार नयाँ प्रविधि तथा सेवा ल्याउनुपर्ने आवश्यकता हुन्छ। यस्ता इनोभेसनहरू अन्तर्राष्ट्रिय अभ्यास, अनुसन्धान, विकास र ग्राहकको आवश्यकता अनुरूप तयार पारिन्छन्। तर, नयाँ प्रोडक्ट तथा प्रविधिहरू पूर्ण रूपमा जोखिममुक्त नहुने भएकाले त्यसलाई सिधै बजारमा ल्याउँदा ग्राहकमा नकारात्मक असर पार्न सक्छ, साथै कानुनी समस्याको जोखिम पनि रहन्छ।

यस्तो अवस्थामा कुनै नयाँ सेवा वा प्रविधिको सीमित दायरामा परीक्षण गर्न दिइने नियामकीय व्यवस्था नै रेगुलेटरी स्यान्डबक्स हो। यसले वित्तीय संस्थाहरूलाई कानुनी तथा नियामकीय लचकता दिँदै सेवा परीक्षण गर्न सहयोग पुर्‍याउँछ।

मार्गदर्शनको मुख्य व्यवस्था:
मार्गदर्शन अन्तर्गत स्यान्डबक्स प्रयोग गर्न पाउनेमा बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा सञ्चालक, रेमिट्यान्स कम्पनीहरू र तिनीहरूलाई सेवा दिने फिनटेक कम्पनीहरू रहेका छन्। राष्ट्र बैंकले वित्तीय समावेशिता, प्रतिस्पर्धा र सेवा प्रभावकारिता जस्ता पक्षलाई ध्यानमा राख्दै आवेदन स्वीकृत गर्नेछ।

आवेदनकर्ताले कानुनले निषेध नगरेको सेवा तथा प्रविधिका लागि मात्र स्यान्डबक्सको प्रस्ताव दिन सक्नेछन्। यस क्रममा राष्ट्र बैंकले केही नियामकीय प्रावधानहरूमा अस्थायी छुट दिन सक्नेछ — जस्तै लाइसेन्स प्रक्रिया, न्यूनतम पुँजी, लाइसेन्स शुल्क, ग्राहक दायित्व, क्रेडिट रेटिङ, रिपोर्टिङ तथा सूचना प्रकाशन, विज्ञापन सुविधा आदिमा।

यस व्यवस्थाले नयाँ प्रविधि र सेवाको परीक्षणलाई सहज बनाउँदै वित्तीय प्रणालीमा नवप्रवर्तनको बाटो खोल्ने अपेक्षा गरिएको छ।

Post Views: 187

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १२:३९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.