• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै छैन: मन्त्री चौधरी 

नेपाल विकास
२०८१ जेष्ठ १७, बिहीबार १६:५४
Advertisement

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै छैन: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरेपनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भएपनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन । तल-तल त्यसको विषयमा जानकारी नै छैन’, मन्त्री चौधरीले भन्नुभयो, ‘आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन् । जबकि यो हामी सबैको समान अधिकार हो । होइन बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेर महिलाहरू पछाडि सर्ने गरेको पाइन्छ ।’

यी कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको बताउँदै उहाँले महिलाको अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो । ३८/३९ वटा महिला अधिकारसँग सम्बन्धित ऐन, कानून रहेको भन्दै मन्त्री चौधरीले संविधान सँगसँगै फौजदारी संहिता नेपाल संहिता ऐनभित्र पनि धेरै वटा कानूनहरू आएको बताउनुभयो ।

धेरै कानूनहरू कार्यान्वयन भएको अवस्था नरहेको बताउँदै उहाँले महिला अधिकारलाई सुनिश्चितता गराउनका निम्ति अझै मेहनत गर्न आवश्यक रहेको बताउनुभयो । ‘सबैको बजेट बढ्दै गयो तर महिला मन्त्रालयको बजेटको सिंहावलोकनहरू झन् घट्दै गयो । पितृसत्तात्मक सोचलाई चिर्न आवश्यक छ । मन्त्रीको रूपमा मैले पनि सकेन र स्वयं राष्ट्रिय योजना आयोगमा रहनुभएका माननीय सङ्गीताज्यूले पनि सक्नुभएन’, मन्त्री चौधरीले भन्नुभयो, ‘हामीसँग अहिले ७५३ वटै पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभियो । तर अहिले महिला मन्त्रालयको तल संरचना नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ । त्यो सेवाग्राही स्वयंले पनि महसुस गरिरहनुभएको छ ।’

अहिलेसम्म निर्माण भएका ऐन, कानूनको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने मन्त्री चौधरीले बताउनुभयो । अहिले बालविवाहको अवस्था विकराल बन्दै गएको भन्दै उहाँले यसको न्यूनीकरणका निम्ति पनि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि बालविवाहको अवस्था विकराल बन्दै छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।’

अप्ठ्यारोमा परेका, हिंसामा परेका महिलाहरूका निम्ति राज्यले नै उनीहरूको सुरक्षा गर्न सेल्टर हाउसहरू बनाउन आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । ‘यी कुराहरू आवश्यक छ । त्यसका निम्ति बजेट चाहिन्छ । यसपालि केही गर्न सकिन्छ कि भनेर लागे तर निकै न्यून बजेटको व्यवस्था गरियो ।

महिला दिवस मनाउनुको औचित्यता रहेको भन्दै उहाँले यी कुरालाई सबैले आत्मसाथ गर्न आवश्यक रहेको बताउनुभयो’, मन्त्री चौधरीले भन्नुभयो, ‘तीन तहको निर्वाचन हुन्छ । यी सबै प्रतिस्पर्धाहरू हेर्दाखेरि साँच्चिकै महिलाको सबै कुराहरू आयो त ?  विषयहरू आयो त भनेर हेर्दा महिलाको छुट्टै आन्दोलन आवश्यक छ कि भन्ने पनि लाग्छ ।’

Post Views: 297

प्रकाशित: २०८१ जेष्ठ १७, बिहीबार १६:५४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.