• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

Nepalics
२०८३ भाद्र २१, आईतवार १३:१३
Advertisement

भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना सङ्कलन आजदेखि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिनुभयो । सो सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डिएनए नमूना दिन सक्नेछन् ।

बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न आफन्तको नमूना सङ्कलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा हुने नमूना सङ्कलन बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म हुने सूचनामा उल्लेख छ । नमूना सङ्कलनमा जिल्ला अस्पतालले पनि सहयोग गर्नेछ ।

प्रहरी उपरीक्षक पौडेलले दुई दिनसम्म डिएनए नमूना सङ्कलन हुने उल्लेख गर्दै प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नमूना दिन आग्रह गरेको बताउनुभयो । नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुईप्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ । प्रहरी उपरीक्षक पौडेलले जिल्लामा अहिलेसम्म ७४ जना सम्पर्कविहीन रहेको बताउनुभयो ।

जिल्लाको बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका लगायतका स्थानबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । मन्दिरको दान बाढी पहिरो पीडितलाई नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको दान रकम बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । मन्दिरका दुवै दानपेटी खोल्दा सङ्कलन भएको कुल रु ३७ हजार ८०८ सम्पूर्ण रकम रसुवाका विपद् पीडितको राहत, उद्धार तथा पुुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जन्माष्टमीका दिन शुक्रबार धार्मिक आस्था र भक्तिभावका साथै देशमा गएको विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । पूजाअर्चनाका क्रममा देशमा सुख, शान्ति र समृद्धिको सामूहिक कामना गरिएको थियो । भक्तजनबाट सङ्कलन भएको दानदक्षिणालाई विपद्को यस घडीमा सामाजिक उत्तरदायित्व मान्दै राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बैङ्क खुल्नासाथ सो रकम जम्मा गरिने छ ।

Post Views: 7

प्रकाशित: २०८३ भाद्र २१, आईतवार १३:१३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. यती पेन्ट्सद्धारा भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.