• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

स्थलगत ‘रिपोर्ट’: तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

नेपाल विकास
२०८१ आश्विन १५, मंगलवार १७:५२
Advertisement

चितवन। केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।

नारायणीको जलसतह मापन गर्न थालेको ६१ वर्षको अवधिमा ११ दशमलव ५४ मिटर यस अघि कहिल्यै मापन भएको थिएन । भरतपुर महानगरपालिका–१ देवघाटमा नारायणी नदीको सतह मापन नारायणी बेसिन फिल्ड कार्यालयले गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सन् १९६३ बाट सरु गरिएको मापनमा हालको तथ्याङ्क सबैभन्दा धेरै हो ।

सतह बढेसँगै देवघाटका वृद्धाश्रमबाट केहीलाई उद्धार गर्नु प¥यो । नारायणगढ बजार हुँदै पश्चिम चितवनको गोलाघाटसम्मको बस्ती उच्च जोखिममा थियो । यद्यपि नदी किनार क्षेत्रमा गरिएका तटबन्धनका कारण बाढी वस्तीमा पस्न पाएन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार भरतपुरको वडा नं १, ३, १६, १७, २६, २७ र २८ का केही ठाउँहरुमा बाढी पसेर डुबान भएको थियो । नदीले ५१५ घर डुबानमा परेको र एक हजार ४१० जनालाई एक रातका लागि सुरक्षित ठाउँमा सार्नुपरेको उहाँले जानकारी दिनुभयो । डुबानमा परेर विस्थापित उनीहरु घर फर्किसकेका छन् । नदीले नारायणगढ बजार नजिक समुन्द्री किनार (विच मोडल)का रुपमा विकास गरिरहेको ठाउँमा क्षति पु¥याएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले बनाएको मूल संरचनामा क्षति पुगेको छैन । माटो पुरेर ‘मोज्याक टायल’ लगाइएको पैदल मार्ग बगाएको छ ।

भरतपुर महानगरपालिका–२६ भगडीकी पार्वती पौडेल तटबन्धनले बचाएको बताउनुभयो । उहाँले भन्नुभयो, “तटबन्ध नभएको भए हाम्रो बस्ती डुबिसकेको हुन्थ्यो ।” पछिल्ला वर्षहरुमा तटबन्धका कारण बस्ती जोगिएको उहाँको भनाइ छ । वडा नं २६ हिरापुरस्थित नारायणी किनारमा भेटिनुभएका वडाअध्यक्ष ज्ञानप्रसाद खनाल तटबन्धनका कारण पश्चिम चितवन जोगिएको बताउनुहुन्छ । आफ्नो वडाको हिरापुरमा छिरेको नारायणीको पानीको कारण ३० घर डुबानमा परे पनि दुई दिनमै सुकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु घर फर्किसक्नुभएको छ । तटबन्धन नभएको भए हाम्रो वडा सखाप हुन्थ्यो ।”

वडा नं २६ सँगै २७, २८ पूर्ण प्रभावित हुने खनाल बताउनुहुन्छ । वडा नं २८ का अध्यक्ष दण्डपानी रिजालले नारायणी नदी उर्लिएको भए पनि तटबन्धले जोगाएको बताउनुभयो । पुरानो तटबन्ध भत्काएर सिसवार नजिकै बस्तीमा पानी पसे पनि रोक्न सकिएको रिजालको भनाइ छ । वडा नं १६ मा दुई सय घर बाढीबाट प्रभावित भएको वडाअध्यक्ष अमृत हमालले जानकारी दिनुभयो । झन्झने, गुम्बाचौर र सिद्धिगणेश सामुदायिक वन क्षेत्रबाट नदी पसेको उहाँले बताउनुभयो । यी क्षेत्रमा तटबन्ध गर्न बाँकी छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी प्रकाश लम्साल तटबन्ध नगरिएका क्षेत्रबाट बस्तीमा बाढी पसेको बताउनुहुन्छ । वडा नं २८ र वडा नं २७ को दुई ठाउँमा १० वर्षअघि बनाइएका तटबन्ध बाढीले खोतलेको भए पनि अहिले नयाँ तटबन्धमा सामान्य समस्याबाहेक नदेखिएको उहाँले बताउनुभयो । लम्सालले भन्नुभयो, “कम्तीमा थप तीन किलोमिटर क्षेत्र तत्काल तटबन्ध गर्नुपर्ने देखिएको छ ।”

नारायणी पुलबाट गोलाघाटसम्म ३५ किलोमिटर क्षेत्र पर्दछ । आयोजनाले चितवनतर्फ पाँच योजनासहित नवलपरासीसमेत गरी रु चार अर्ब ७२ करोडमा ठेक्का लगाएर तटबन्ध लगाइरहेको छ । चितवनतर्फका सबै ठाउँमा तटबन्ध लगाउँदा रु दुई अर्ब बजेट थप आवश्यक पर्ने लम्सालको भनाइ छ ।

भरतपुर महानगरतर्फ मात्रै तटबन्धनका लागि रु २६ अर्ब लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तटबन्धका कारण नारायणी नदीले भरतपुर महानगर क्षेत्रमा क्षति हुन नपाएको बताउनुहुन्छ । डुबान भएको ठाउँमा तटबन्ध गर्न नभ्याएका कारण बाढी पसेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भरतपुरतर्फको ३५ किलोमिटरमध्ये झन्डै १० किलोमिटर तटबन्ध गर्न बाँकी छ । ती ठाउँका लागि पहल भइरहेको छ ।”

भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर बनाएको पैदल मार्गमा केही क्षति पुगेको नगर प्रमुख दाहालले जानकारी दिनुभयो । दुई संस्थाले रु ९० लाख लागतमा पैदल मार्ग बनाएका थिए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नदी तटीय सबै क्षेत्रमा तटबन्धको आवश्यकता देखिएको बताउनुभयो । नारायणगढस्थित नारायणी नदी किनारका मुख्य संरचनामा क्षति नभएको र खाल्टो परेको ठाउँमा मर्मत गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले थाहा पाएपछिको ठूलो बाढी आयो तर जनधनको क्षति हुन पाएन ।”

Post Views: 307

प्रकाशित: २०८१ आश्विन १५, मंगलवार १७:५२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.