• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

नेपाल बिकास
२०८० आश्विन ११, बिहीबार १८:३१
Advertisement

आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा बुधबार रिट परेको छ ।

अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका दरले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ ब्ययभार हुने गरी रकम विनियोजन गरिएको भन्दै रिटमा बजेटको सो व्यवस्था खारेजीको माग गरिएको छ ।

यो कार्यक्रम जनहित विपरीत, बहुसंख्यक सांसद र जनताबाट तिरस्कृत भन्दै तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश पनि माग गरिएको छ । त्यस्तै यो मुद्दालाई अग्राधिकार दिएर छिटो सुनुवाइ गर्न पनि माग गरिएको छ । बजेटकमा उक्त कार्यक्रम समावेश हुनु संघीयताको मर्म विपरीत र जनहित विपरीत हुने पनि उल्लेख गरिएको छ ।

देशको ढुकुटी इतिहासकै कमजोर अवस्थामा रहेको र कर्मचारीलाई तलब तथा दैनिक प्रशासन चलाउन पनि राज्यसँग पर्याप्त रकम नभएको अवस्थामा यस्ता विवादित र बजेटको दुरुपयोग बढी हुने कार्यक्रम राख्न नहुने रिटमा माग गरिएको छ ।

सांसद विकास कोषको रकम सदुपयोग हुन नसकेको भनी पटक पटक संसदीय समितिले औंल्याएको, महालेखा परीक्षकको कार्यालयले यही कार्यक्रममा धेरै बेरुजु देखिएको औंल्याएको र आर्थिक वर्ष २०७८/७९ को बजेटदेखि हटाइएकामा फेरि समावेश गर्नु गलत भएको पनि रिटमा जनाइएको छ ।

Post Views: 490

प्रकाशित: २०८० आश्विन ११, बिहीबार १८:३१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह
पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले
ताजा अपडेट
  • १. पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण

  • २. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ३. पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

  • ४.

  • ५. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ३. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ४. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ५. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.