• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

Nepalics
२०८३ श्रावण १०, आईतवार १०:२४
Advertisement

शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ । आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ ।

चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३ः५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो वर्ष चीनमा ठोक्किएको सबैभन्दा शक्तिशाली टाइफुन हो ।

हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक अधिकतम हावाको गति प्रतिघण्टा ११० किलोमिटर पुगेको थियो । ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा ‘नाउल’ क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको थियो । सरकारी स्वामित्वको चाइना नेसनल रेडियोका अनुसार ग्वाङडोङमा सुरक्षाका लागि सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चाइना न्युज सर्भिसका अनुसार आँधीका कारण आइतबारका लागि प्रान्तका केही रेल सेवा पनि रद्द गरिएको थियो ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङ र दक्षिणपूर्वी फुजियान प्रान्तका केही क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको थियो । सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाइ काउन्टीमा आँधीका कारण धेरै रूख ढलेका छन् । हङकङ विमानस्थल प्राधिकरणका अनुसार आइतबार करिब ३५० उडान रद्द गरिएको छ । हङकङका अधिकारीले आँधीका कारण सहरभरि कम्तीमा नौ जना घाइते भएको बताएका छन् ।

स्थानीय प्रहरीका अनुसार ‘नाउल’ हङकङनजिक पुग्दै गर्दा शनिबार दिउँसो एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किएको थियो । प्रारम्भिक विवरणअनुसार उक्त घटनामा कोही पनि घाइते भएका थिएनन् । ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार ‘नाउल’का कारण ताइवानको दक्षिणी तथा पूर्वी क्षेत्रमा वर्षा भएको थियो ।

आँधी ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै अघि बढेको थियो । यसै महिनाको सुरुमा टाइफुन ‘भाभी’ले पूर्वी चीनमा तीव्र हावाहुरी र भारी वर्षा गराउँदा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘भाभी’ जुलाई ११ मा चीनको जमिनमा ठोक्किएको थियो । यसअघि जुलाई ३ मा टाइफुन ‘मेसाक’ दक्षिणी चीनमा ठोक्किएको थियो ।

Post Views: 26

प्रकाशित: २०८३ श्रावण १०, आईतवार १०:२४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
ताजा अपडेट
  • १. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

  • २. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • ३. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

चर्चित
  • १. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • २. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • ३. HONOR X7e मोवाईल नेपालमा सार्वजनिक

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.