• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth balen shah

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता

नेपाल विकास
२०८१ मंसिर १४, शुक्रबार १४:३४

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाहृय आर्थिक एवं वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको जनाएको छ ।

राष्ट्र बैंकले गत साउनमा सार्वजनिक मौद्रिक नीतिका कार्यदिशालाई नै निरन्तरता दिएको जनाएको छ । ‘विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ,’ समीक्षा प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था जनाएको छ ।वैदेशिक रोजगारीमा जाने नेपाली बढेकाले संख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने राष्ट्र बैंकको अनुमान छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमै यथावत राखिएको समेत जनाएको छ । त्यस्तै ब्याजदर करिडोरअन्तर्गतको तल्लोसीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ ।

https://drive.google.com/file/d/1pULqZbh23y8PTntiH3fPqsQEYsCaaNas/view

 

Post Views: 312

प्रकाशित: २०८१ मंसिर १४, शुक्रबार १४:३४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल
राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत
क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध
ताजा अपडेट
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत

  • ३. क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध

  • ४. कांग्रेसको क्रियाशील सदस्यता नवीकरण जेठ २८ सम्म म्याद थप

  • ५. युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान

चर्चित
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’

  • ३. क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध

  • ४. बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

  • ५. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.