• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

गाई संरक्षणमा सर्वोच्चको विशेष परमादेश : गौमूत्रको प्रयोगसहित जनचेतना अभिवृद्धि गर्नु

नेपाल विकास
२०८२ श्रावण ९, शुक्रबार १२:०३
Advertisement

काठमाडौँ। राष्ट्रिय जनावर गाईको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि छुट्टै ऐन बनाउन संघीय सरकारलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। साथै, गाईसम्बन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने, गौशाला व्यवस्थापन सुधार गर्ने र गाई पालन प्रवर्द्धनका लागि तीनै तहका सरकारलाई स्पष्ट निर्देशन दिएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गत वर्ष कार्तिक २६ मा सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।
मुख्य बुँदाहरू:

गाई संरक्षण ऐन: संघीय सरकारले छुट्टै ऐन बनाउने।

शिक्षा र जनचेतना: गाईको महत्त्व विषय पाठ्यक्रममा समावेश गर्ने र गोबर, गौमूत्रको प्रयोगसहित जनचेतना अभिवृद्धि गर्ने।

गौशाला सुधार: अचल सम्पत्ति अद्यावधिक गरी गाई पालनमै उपयोग गर्नुपर्ने र प्रत्येक पालिकामा कम्तीमा एक गौशाला स्थापना अनिवार्य गर्ने।

छाडा र बेवारिसे गाईबाच्छा: कृषक वा संस्थामार्फत व्यवस्थापन गरी इच्छुकलाई निःशुल्क उपलब्ध गराउने।

दूध, घिउ, दहीको बजारीकरण: तीन तह सरकारको समन्वयमा बजारीकरण प्रवर्द्धन गर्ने।

गाई बीमा: किसानले पालेका गाईको निःशुल्क बीमा गर्ने व्यवस्था मिलाउने।

स्थानीय जात संरक्षण: हिमाल, पहाड, तराईका रैथाने जातको अभिलेख राखी संरक्षण गर्नुपर्ने।

गौहत्या नियन्त्रण: गौहत्या, यातना वा तस्करीमा संलग्नलाई प्रहरी प्रतिवेदन वा अन्य स्रोतबाट अनुसन्धान गरी अभियोजन गर्ने र स्थानीय तहको पनि जिम्मेवारी सुनिश्चित गर्ने।

यो परमादेश सामूहिक गौशाला सञ्चालक समिति वालिङका अध्यक्ष केदारशरण विकलसहित तीन जनाले दायर गरेको रिट निवेदनमा सुनुवाइपछि आएको हो।

सर्वोच्चको भनाइमा, संविधानले गाईलाई राष्ट्रिय जनावर घोषणा गरिसकेको हुँदा यसको संरक्षण राज्यको मुख्य दायित्व हो र संघीय कानुन निर्माण अनिवार्य छ।

#गाईसंरक्षण #सर्वोच्चअदालत #नेपालसंविधान #गौशाला

Post Views: 195

प्रकाशित: २०८२ श्रावण ९, शुक्रबार १२:०३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
ताजा अपडेट
  • १. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ४. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ५. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.