• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

शुक्लाफाँटा निकुञ्जमा पाटे बाघको सङ्ख्या ४३ पुग्यो

नेपाल विकास
२०८२ श्रावण १३, मंगलवार ११:५८
Advertisement

धनगढी — सुदूरपश्चिमको कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या ४३ पुगेको छ।

विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक अनुगमन प्रतिवेदन अनुसार, २०८१ सालको कार्तिक १८ देखि पुष १० सम्म गरिएको विस्तृत अनुगमनबाट २१ भाले, १९ पोथी र ३ अनकैमेरा बाघसहित कुल ४३ पाटे बाघ फेला परेका हुन्। यो गणना सरकारद्वारा जारी बाघ तथा आहारा प्रजाति अनुगमन प्रोटोकल अनुसार गरिएको हो।

कार्यक्रममा निकुञ्जका संरक्षण अधिकृत, नेपाली सेना, संरक्षणकर्मी तथा विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरुमा १५५ वर्ग किमीमा स्थापना भई हाल ३०५ वर्ग किमीमा विस्तार भएको छ। निकुञ्जको करिब ५२ प्रतिशत भाग साल वन र १९ प्रतिशत घाँसे मैदानले ढाकेको छ।

यहाँ जङ्गली हात्ती, गैँडा, बाघ, बाह्रसिङ्गा, सुनगोहोरोजस्ता दुर्लभ वन्यजन्तु तथा ४६४ प्रजातिका चराचुरुङ्गी पाइन्छन्। संरक्षणमा स्थानीयको सहभागिता सुनिश्चित गर्न वरपरको क्षेत्र २०६१ सालमा २४३.५ वर्ग किमीको मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो। हाल स्वीकृत व्यवस्थापन योजना कार्यान्वयनमा छ।

Post Views: 209

प्रकाशित: २०८२ श्रावण १३, मंगलवार ११:५८
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
ताजा अपडेट
  • १. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ४. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ५. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.