• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

“कानुनबिनाको आयोग निरर्थक हुन्छ” : भूमि मन्त्रीको चेतावनी, भूमिसम्बन्धी समस्या समाधानमा संसदको सक्रियता आवश्यक

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १३:०२
Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग गठन गरिएको बताउँदै त्यसलाई प्रभावकारी बनाउन आवश्यक कानुनी संरचना तत्काल निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री अधिकारीले आयोगको तीन वर्षे कार्यकालमध्ये एक वर्ष बितिसक्दासमेत कानुन नबनेका कारण काम ठप्प अवस्थामा पुगेको बताए। उनले भने, “अब ढिलो गर्न पाइँदैन, तीन वर्षभित्र देशभरका भूमिसम्बन्धी समस्या समाधान गर्ने लक्ष्य लिएका छौँ, त्यसअनुसार सहयोग चाहिन्छ।”

उनका अनुसार सरकारले लालपुर्जाधारी सार्वजनिक जग्गा भूमिहीनलाई वितरण गर्न सक्नेछ भने राष्ट्रिय निकुञ्ज क्षेत्रबाट विस्थापित भई हालसम्म जग्गा नपाएका व्यक्तिहरूलाई समेत जग्गा दिने व्यवस्था विधेयकमा समेटिएको छ।

मन्त्री अधिकारीले पालिकाहरूलाई ७० प्रतिशत कामको जिम्मेवारी दिइएको जानकारी दिँदै स्थानीय तह सक्रिय नहुँदासम्म आयोगको प्रयास प्रभावकारी हुन नसक्ने बताए। “जमिन मापन नभएको, अभिलेख कमजोर भएको समस्या धेरै ठाउँमा देखिएको छ,” मन्त्री अधिकारीले उल्लेख गरे।

उदाहरणस्वरूप, उनले मुस्ताङ जिल्लाको प्रसङ्ग उठाउँदै भने, “५०० रोपनी मात्र नापिएको छ, बाँकी जग्गा नाप्नै नपर्ने भन्ने मानसिकताको कारण अहिले स्याउ खेतीजस्ता कार्यमा समस्या भइरहेको छ।”

बैठकमा समितिकी सभापति कुसुमदेवी थापाले विधेयकलाई अन्तिम रूप दिन विज्ञहरूसँग छलफल भइरहेको बताइन्। शुक्रबार वन, भूमि, कृषि मन्त्रालयका अधिकारीहरूसँग विस्तृत छलफल गरिने जानकारी पनि दिइन्।

सांसदहरूले भूमिहीनको समस्या समाधानका लागि प्रभावकारी र पारदर्शी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। साथै, कुनै पनि नयाँ कानुन भूमाफियालाई फाइदा हुने गरी नबनाइनुपर्ने र विगतमा आयोगमार्फत वितरण गरिएका जग्गाको प्रष्ट विवरण सार्वजनिक हुनुपर्ने माग पनि उठाइएको थियो।

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले हालसम्म १२ लाख १९ हजार ५९६ भूमिहीन व्यक्तिबाट निवेदन प्राप्त भएको जानकारी दिए। उनले आयोगको काम अगाडि बढाउन विधेयकको तत्काल आवश्यकता रहेको उल्लेख गरे।

सदस्य अनिलकृष्ण प्रसाईले कानूनबिना काम गर्न असम्भव हुने बताउँदै यदि कानुनी आधार नदिने हो भने आयोगलाई विघटन गर्नु नै उपयुक्त हुने धारणा राखे।

बैठकमा भूमि अधिकार क्षेत्रमा काम गर्ने विज्ञहरूले सांसदहरूलाई प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै कानुनी संरचना निर्माण नगरी समाधान खोज्न खोज्दा अघिल्ला प्रयासहरू विफल भएको स्मरण गराए।

भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधानका लागि गठन गरिएको आयोग कानुनी अधारबिना असहाय बन्न थालेपछि मन्त्रीदेखि सांसदसम्मले छिटो विधेयक पारित गर्न दबाब दिन थालेका छन्। स्थानीय तहको सहभागिता र पारदर्शी प्रक्रिया सुनिश्चित गरेर आयोगलाई प्रभावकारी बनाउने सन्देश बैठकबाट स्पष्ट रूपमा आएको छ।

Post Views: 219

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १३:०२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.