• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel JournalismMatters FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth

पर्यटन व्यवसायी पाण्डेलाई पाटाको ‘आजीवन सदस्यता’ अवार्ड

Nepalics
२०८३ बैशाख ३१, बिहीबार २३:३२

काठमाडौँ। नेपाली पर्यटन क्षेत्रका नेतृत्वकर्ता तथा दूरदर्शी व्यवसायी सुमन पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन जगतको सर्वोच्च सम्मान प्राप्त गरेका छन् । प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा) इन्टरनेसनलले पाण्डेलाई दक्षिण कोरियामा हालै सम्पन्न भव्य वार्षिक साधारण सभाका अवसरमा पाण्डेलाई संस्थाको सबैभन्दा मर्यादित पद ‘आजीवन सदस्य’ बाट सम्मानित गरेको हो ।

पाटाको सात दशक लामो गौरवशाली इतिहासमा आजीवन सदस्यता पाउनुलाई असाधारण उपलब्धिको रूपमा हेरिन्छ । यो सम्मान पाटामा दशकौँसम्म निस्वार्थ सेवा गर्ने र विश्व पर्यटनको मानचित्रमा अतुलनिय छाप छोड्न सफल विशिष्ट व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ ।

यो सम्मान प्राप्त गरेसँगै पाण्डे अब पाटाको उच्चतम सल्लाहकार परिषद्को सदस्य समेत बनेका छन् । संस्थाको नीति निर्माण र विश्वव्यापी रणनीति तय गर्न अब उनको भूमिका थप निर्णायक हुनेछ । विशेषगरी पर्यटन क्षेत्रमा असाधारण योगदान पुर्‍याउने र लामो समयसम्म नेतृत्वदायी तहमा रहेर संस्थालाई मार्गनिर्देशन गर्ने व्यक्तिहरूका लागि मात्र यो सम्मानको ढोका खुल्ने गर्दछ । पाण्डे विगत ६ वर्षदेखि पाटा अन्तर्राष्ट्रियको केन्द्रीय तहमा रहेर पुर्‍याएको सक्रिय योगदान र उनको कार्यक्षमताको उचित कदर गर्दै संस्थाले यो गरिमामय पदवी दिएको हो ।

पाण्डे पाटासँगको व्यावसायिक यात्रा सन् २०१३ बाट थप उचाइमा पुगेको देखिन्छ । उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२ औँ अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै नेपाली पर्यटनलाई विश्व बजारमा नयाँ उचाइमा पुर्‍याएका थिए ।

पाण्डेले सन् २०२० देखि २०२४ सम्म लगातार दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिव, कोषाध्यक्ष जस्तो जिम्मेवार पद सम्हाल्दै संस्थाको आर्थिक र प्रशासनिक सुदृढीकरणमा महतवपूर्ण भूमिका खेलेका छन् । अन्तर्राष्ट्रिय पर्यटनको नीति निर्माणमा उनको दख्खल र सक्रियताकै कारण उनी हाल (सन् २०२४–२०२६) का लागि पाटा अन्तर्राष्ट्रिय हेडक्वार्टरको उपाध्यक्ष पदमा निर्वाचित भई कार्यरत रहेका छन् ।

दक्षिण कोरियामा प्राप्त यो सम्मान पाण्डेको व्यक्तिगत सफलता मात्र नभई, समग्र नेपाली पर्यटन व्यवसायीहरूको क्षमता र विश्वस्तरमा उनीहरूको नेतृत्वदायी भूमिकाको अन्तर्राष्ट्रिय प्रमाणीकरण पनि हो । यस उपलब्धिले आगामी दिनमा विश्व पर्यटन बजारमा नेपालको पहुँच र प्रभावलाई थप बलियो बनाउने विश्वास पर्यटन वृत्तमा गरिएको छ । नेपालबाट यसअघि यस अवार्डबाट स्व। प्रभाकर शम्शेर राणा, स्व। बसन्त मिश्र र आर आर पाण्डे सम्मानित भएका थिए ।

पर्यटनका साथै पाण्डे राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं। २ बाट उम्मेदवार बनेका थिए भने हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्यटन तथा संस्कृति विभाग प्रमुखको रूपमा नीतिगत सुधारका कार्यमा समेत संलग्न छन् ।

Post Views: 30

प्रकाशित: २०८३ बैशाख ३१, बिहीबार २३:३२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु
संसदमा प्रधानमन्त्री बालेन्द्र साहको स्वार्थमाथि नै प्रश्न
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको पूर्णपाठ
ताजा अपडेट
  • १. भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

  • २. सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु

  • ३. दरबार हत्याकाण्डको २५ वर्ष

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

चर्चित
  • १. श्रीषा पाण्डेको ‘वायुदृष्टि’ राष्ट्रसंघद्वारा उत्कृष्ट विश्व नवप्रवर्तन घोषित

  • २. आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

  • ३. कुवेतमा मिसाइल–ड्रोन हमला

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. दक्षिण एसियामा भुटान पछि सवैभन्दा धेरै वन क्षेत्र नेपालमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.