काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाउँदा इशान पाण्डेले ५ चौका र २ छक्का प्रहार गर्नुभयो।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गर्नुभएको थियो । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहनुभयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा अलआउट भएको थियो ।
अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।
