• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन : युद्ध र द्वन्द्वमा बालबालिका सबैभन्दा बढी प्रभावित

Nepalics
२०८३ जेष्ठ २१, बिहीबार १०:०१
Advertisement

आज विश्वभर ‘निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९८२ देखि मनाउन थालिएको यस दिवसले युद्ध, सशस्त्र द्वन्द्व र हिंसाबाट प्रभावित बालबालिकाको अवस्था विश्वसामु उजागर गर्ने उद्देश्य राखेको छ।

राष्ट्रसङ्घका अनुसार विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रका लाखौँ बालबालिका सुरक्षित वातावरणमा बाँच्न पाउने आधारभूत अधिकारबाट वञ्चित छन्। घरभित्रको सुरक्षा, विद्यालयमा शिक्षा, खेलकुद तथा स्वास्थ्य सेवाजस्ता सामान्य अवसरसमेत उनीहरूका लागि चुनौतीपूर्ण बन्दै गएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सार्वजनिक गरेको ‘बालबालिका र सशस्त्र द्वन्द्व’ सम्बन्धी वार्षिक प्रतिवेदनले सन् २०२४ मा बालबालिकाविरुद्ध भएका गम्भीर उल्लङ्घनका घटनामा उल्लेख्य वृद्धि भएको देखाएको छ। प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा यस्ता घटना २५ प्रतिशतले बढेका छन्।

विश्वभर २२ हजार ४९५ बालबालिकालाई प्रत्यक्ष असर पार्ने गरी ४१ हजार ३७० गम्भीर उल्लङ्घनका घटना प्रमाणीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा बढी घटना इजरायल तथा अधीनस्थ प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हैटीमा अभिलेख गरिएको छ।

रिपोर्टले हत्या र शारीरिक क्षतिलाई बालबालिकाविरुद्ध हुने सबैभन्दा व्यापक उल्लङ्घनका रूपमा औँल्याएको छ। सन् २०२४ मा मात्रै झण्डै १२ हजार बालबालिका यस्ता घटनाबाट प्रभावित भएका छन्। युद्धका क्रममा प्रयोग हुने विस्फोटक पदार्थ, बारुदी सुरुङ, युद्धका अवशेष तथा घना बस्तीमा गरिएका आक्रमणका कारण ठूलो सङ्ख्यामा बालबालिकाले ज्यान गुमाउनुका साथै गम्भीर चोटपटक भोग्नुपरेको जनाइएको छ।

त्यस्तै, विभिन्न सशस्त्र समूह र सैन्य शक्तिद्वारा बालबालिकालाई भर्ती गरी युद्ध तथा सहयोगी गतिविधिमा प्रयोग गर्ने प्रवृत्ति अझै कायम रहेको प्रतिवेदनले देखाएको छ। अपहरण तथा बाल सैनिकका रूपमा प्रयोग गरिने घटनामा समेत वृद्धि भएको राष्ट्रसङ्घले जनाएको छ।

बालबालिकामाथि हुने यौन हिंसा पनि चिन्ताजनक रूपमा बढिरहेको उल्लेख गरिएको छ। विशेषगरी बालिकाहरू बढी प्रभावित भए पनि बालकहरू पनि यस्ता अपराधको सिकार बन्ने गरेका छन्। सामाजिक कलङ्क, प्रतिशोधको डर र पर्याप्त सहयोग सेवाको अभावका कारण धेरै घटना सार्वजनिक हुन नसकेको राष्ट्रसङ्घको भनाइ छ।

मानवीय सहायता वितरणमा अवरोध सिर्जना गरिनु अर्को गम्भीर समस्या बनेको छ। द्वन्द्वरत पक्षहरूले राहत सामग्री बोकेका सवारीसाधन र सहायता कर्मीमाथि आक्रमण गर्नुका साथै विभिन्न प्रशासनिक तथा आवागमनसम्बन्धी प्रतिबन्ध लगाउँदा बालबालिका स्वास्थ्य, शिक्षा र संरक्षण सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

संयुक्त राष्ट्रसङ्घले गत वर्ष मात्रै विद्यालय र अस्पतालमाथि करिब दुई हजार आक्रमण भएको पुष्टि गरेको छ। यस्ता घटनाले बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएका शिक्षा र स्वास्थ्य सेवामा गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रसङ्घले बालबालिकामाथि हुने यस्ता गम्भीर उल्लङ्घन अन्त्य गर्न द्वन्द्वका मूल कारण समाधान गर्नुपर्ने, दोषीलाई जवाफदेही बनाइनुपर्ने तथा बाल संरक्षण, पुनःस्थापना र पुनःएकीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ।

यस अवसरमा बालअधिकार अभियन्ता तथा ‘बालबालिका र सशस्त्र द्वन्द्व’ सम्बन्धी ऐतिहासिक प्रतिवेदनकी लेखक डा. ग्रासा माशेलले बालबालिकाको सुरक्षा सम्पूर्ण विश्व समुदायको साझा जिम्मेवारी भएको बताउनुभएको छ।

उहाँले जारी गर्नुभएको सन्देशमा भन्नुभएको छ, “बालबालिका सबैभन्दा पहिले बालबालिका नै हुन्। उनीहरूको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित हुने शान्तिपूर्ण संसार निर्माण गर्नु हामी सबैको दायित्व हो।”

विश्वभर द्वन्द्व र हिंसाका घटना बढिरहेका बेला आजको दिवसले युद्धको सबैभन्दा ठूलो पीडा निर्दोष बालबालिकाले भोग्नुपरेको यथार्थलाई पुनः स्मरण गराएको छ।

Post Views: 26

प्रकाशित: २०८३ जेष्ठ २१, बिहीबार १०:०१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध
ताजा अपडेट
  • १.

  • २. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • ३. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ५. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.