• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

सीमा विवादको समाधान कूटनीतिक संवादबाटै हुन्छः परराष्ट्रमन्त्री खनाल

Nepalics
२०८३ जेष्ठ २४, आईतवार १४:१५
Advertisement

 परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचका सीमा विवादहरू कूटनीतिक वार्ता र संवादमार्फत समाधान गर्न नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।

भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल–भारतबीच देखिएका सीमासम्बन्धी समस्याहरूलाई आपसी समझदारी र कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न नेपाल सधैं तयार रहेको बताउनुभयो।

उहाँले एक प्रश्नको जवाफमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीन दुवै पक्षसमक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट रूपमा प्रस्तुत गरिसकेको जानकारी दिनुभयो।

“नेपाल–भारतबीचको वर्तमान सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको हो। यी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संयन्त्रमार्फत नै समाधान गरिनेछन्। हामी सीमा विवादलाई शान्तिपूर्ण कूटनीतिक प्रक्रियाबाट समाधान गर्न चाहन्छौँ,” मन्त्री खनालले भन्नुभयो।

उहाँले दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठन गरिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै सरकारलाई बुझाउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

अर्को प्रश्नको जवाफमा परराष्ट्रमन्त्री खनालले नेपालले आफ्ना दुवै छिमेकी मुलुकसँग सन्तुलित र सहकार्यपूर्ण सम्बन्ध अघि बढाइरहेको बताउनुभयो।

उहाँले नेपालको परराष्ट्र नीतिका प्राथमिकता, नेपाल–भारत सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे पनि स्पष्ट पार्नुभयो।

यसैबीच, नेपाली दूतावासले पत्रकारहरूको सहभागिताप्रति आभार व्यक्त गर्दै नेपाल–भारतबीचको आपसी समझदारी तथा सहकार्यलाई अझ सुदृढ बनाउन आगामी दिनमा निरन्तर संवाद र सहकार्य आवश्यक रहेको जनाएको छ।

Post Views: 28

प्रकाशित: २०८३ जेष्ठ २४, आईतवार १४:१५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
ताजा अपडेट
  • १. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • २. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ५. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ५. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.