• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु

Nepalics
२०८३ जेष्ठ २७, बुधबार १०:२५

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ । तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताउनुभयो । उहाँका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

मुजाहिदले आक्रमणका क्रममा १४ जना महिला घाइते भएको जानकारी दिँदै घटनापछिका तस्बिरसमेत सार्वजनिक गर्नुभयो । तालिबानले यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन र नागरिकमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ । अफगान अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षयता अफगान भूमिमा भएका पाकिस्तानी सैन्य कारबाहीका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ ।

सीमापार तनाव बढ्दै जाँदा दुवै देशबीचको सम्बन्ध लगातार बिग्रँदै गएको बताइएको छ । मार्च महिनामा भएको एक ठूलो आक्रमणमा पाकिस्तानी सेनाले काबुलस्थित पुनर्वास केन्द्रलाई निशाना बनाएको दाबी गरिएको छ । तालिबानका अनुसार उक्त घटनामा कम्तीमा २६९ जनाको मृत्यु भएको थियो । त्यसयता सीमावर्ती क्षेत्रमा बारम्बार सैन्य कारबाही भइरहेका छन् ।

अक्टोबर २०२५ मा इस्लामाबादले राजधानी काबुलसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको लामो समयदेखिको तनाव खुला सीमापार द्वन्द्वतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ । निरन्तर आक्रमण र झडपका कारण दशौँ हजार अफगान नागरिक विस्थापित भएका छन् भने धेरै परिवार घरबार छोड्न बाध्य भएका छन् ।

तालिबानले पाकिस्तानले आफ्ना आन्तरिक सुरक्षा चुनौतीहरूलाई आधार बनाएर अफगान क्षेत्रमा बारम्बार सैन्य हस्तक्षेप गरिरहेको आरोप लगाएको छ । पाकिस्तानले भने तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) जस्ता समूहलाई अफगान भूमिबाट सहयोग मिलिरहेको दाबी गर्दै आएको छ ।

इस्लामाबादले तालिबानमाथि ती समूहहरूलाई आश्रय दिएको आरोप दोहोर्‍याउँदै आएको भए पनि तालिबानले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ । तालिबानको भनाइमा पाकिस्तानले आफ्ना सुरक्षा कमजोरीको जिम्मेवारीबाट बच्न अप्रमाणित आरोप लगाउने गरेको छ । विश्लेषकहरूका अनुसार सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सुरुमा अपेक्षा गरिएको निकट सम्बन्ध टिक्न सकेन ।

दशकौँसम्म तालिबानको प्रमुख समर्थकमध्ये एक मानिएको पाकिस्तान र अफगानिस्तानबीच अहिले अविश्वास बढ्दै गएको छ । पछिल्ला घटनाक्रमहरूले दुई छिमेकी देशबीचको सम्बन्ध थप जटिल र तनावपूर्ण बन्दै गएको सङ्केत गरेका छन् ।

Post Views: 8

प्रकाशित: २०८३ जेष्ठ २७, बुधबार १०:२५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती
सुनचाँदीको मूल्य आज पनि घट्यो
मनसुनभर हेलिकोप्टरमा दुई पाइलट अनिवार्य
ताजा अपडेट
  • १. विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

  • २. आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

  • ३. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ४. मनसुनभर हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

  • ५. जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

चर्चित
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिने प्रतिबद्धता

  • ३. राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत

  • ४. क्लिन चिटपछि गुरुङ पुनः गृहमन्त्री बन्दै

  • ५. चरा पर्यटनदेखि सांस्कृतिक सम्पदासम्म: मिलेनियम ट्रेकको बहुआयामिक आकर्षण

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.