• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

पर्यटन व्यवसायी पाण्डेले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

Nepalics
२०८३ असार ३, बुधबार १३:५१
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने रास्वपाको केन्द्रीय महाधिवेशनमा पाण्डेले केन्द्रीय सदस्य पदका लागि निर्वाचन लड्ने तयारी गरेका हुन् ।

नुवाकोटको विदुर नगरपालिका–२ मा जन्मेका पाण्डे नेपालका अनुभवी पर्यटन व्यवसायीमध्ये एक हुन् । करिब ३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उहाँले ट्राभल, ट्रेकिङ, हवाई सेवा तथा नागरिक उड्डयनलगायत पर्यटनका विविध विधामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका पाण्डेले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को अध्यक्ष, एयरलाइन्स एसोसियन अफ नेपाल ९आवान० को महासचिव, नेपाल पर्यटन बोर्डको सदस्य तथा नेपाल पर्यटन वर्ष २०११ को कार्यसमिति सदस्यका रूपमा काम गरेको अनुभव छ ।

त्यसैगरी, उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टर को अध्यक्षका रूपमा नेतृत्व प्रदान गर्नुका साथै पाटा अन्तर्राष्ट्रिय मुख्यालयमा चार वर्षसम्म कोषाध्यक्ष र सचिव तथा दुई वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् । पर्यटन क्षेत्रको दीर्घकालीन योगदानको कदरस्वरूप पाटा अन्तर्राष्ट्रियले उनलाई हालसालै आजीवन सदस्यता सम्मान समेत प्रदान गरेको छ।

राजनीति र पर्यटनसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि पाण्डेको सक्रियता उतिकै उल्लेखनीय छ । नुवाकोटमा सञ्चालन गरिएको ‘हरियो नुवाकोट’ अभियान मार्फत करिब डेढ लाख सुन्तला, कागती र एभोकाडोका बिरुवा कृषकहरूलाई वितरण गरी उनले कृषकको आयआर्जन वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार बनेका उनले १६ हजार ४ सय ७७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए, जसले नुवाकोटमा उनको लोकप्रियता र राजनीतिक प्रभावलाई स्पष्ट रूपमा देखाएको थियो ।

हाल रास्वपाको पर्यटन विभाग प्रमुखको जिम्मेवारीमा रहेका पाण्डेले पार्टीभित्र नीति, संगठन र पर्यटन क्षेत्रको अनुभवलाई संस्थागत गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताए ।

पर्यटन, संगठन, अन्तर्राष्ट्रिय अनुभव, सामाजिक सेवा र वातावरण संरक्षणका क्षेत्रमा लामो योगदान दिएका पाण्डेको उम्मेदवारीलाई महाधिवेशनमा विशेष चासोका साथ हेरिएको छ। पार्टीभित्र नयाँ सोच, व्यावसायिक दक्षता र परिणाममुखी नेतृत्वको आवश्यकता बढिरहेका बेला पाण्डेको अनुभव र कार्यशैलीले केन्द्रीय नेतृत्वमा थप ऊर्जा प्रदान गर्ने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन्।

Post Views: 27

प्रकाशित: २०८३ असार ३, बुधबार १३:५१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?
सुनचाँदीको मूल्यमा गिरावट
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.