• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत

Nepalics
२०८३ असार ३, बुधबार १९:२७
Advertisement

सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ । एक वर्षअघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म १२.८५ प्रतिशत भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माणलगायत संरचना निर्माणको काम भइरहेको छ । अहिले बन्दरगाहमा ट्रमिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन् । तोकिएका अवधि ३० महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको उक्त परियोजना निर्माण लागत भारतीय रुपैयाँमा दुई अर्ब ३७ करोड रहेको छ ।

दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागमन र सुरक्षा भवनलगायत पूर्वाधार निमार्ण हुनेछ ।

नेपालतर्फ सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारतले पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिममा थप विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

Post Views: 41

प्रकाशित: २०८३ असार ३, बुधबार १९:२७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
ताजा अपडेट
  • १. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • २. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ५. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ५. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.