• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

Nepalics
२०८३ असार ५, शुक्रबार १०:२६
Advertisement

अमेरिका र इरानबीच हालै सम्पन्न भएको शान्ति सम्झौतापछि अगाडि बढाइने कूटनीतिक प्रक्रिबारे अन्योल बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शुक्रबारका लागि तय गरिएको स्विट्जरल्याण्ड भ्रमण स्थगित गर्नुभएको छ। यस कदमले सम्झौतापछि अपेक्षा गरिएको उच्चस्तरीय वार्ता तत्काल अघि नबढ्ने संकेत दिएको छ।

ह्वाइट हाउसका अनुसार अमेरिका–इरान संवादको अर्को चरणका लागि आवश्यक प्राविधिक तयारी जारी रहे पनि उपराष्ट्रपति भान्स तत्काल स्विट्जरल्याण्ड नजाने निर्णय गरिएको हो। अमेरिकी प्रशासनले वार्ता प्रक्रिया जटिल र संवेदनशील भएकाले प्राविधिक तहका छलफललाई प्राथमिकता दिइएको जनाएको छ।

उता, इरानको तस्निम समाचार एजेन्सीले पनि इरानी प्रतिनिधिमण्डलको सम्भावित स्विट्जरल्याण्ड भ्रमणबारे कुनै औपचारिक पुष्टि नभएको जनाएको छ। यसले सम्झौता कार्यान्वयनको प्रारम्भिक प्रक्रिया अघि बढे पनि त्यसको समयतालिका र स्वरूप अझै स्पष्ट नभएको देखाएको छ।

सम्झौतापछि जारी वक्तव्यमा इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सम्झौतालाई अनुमोदन गरिएको बताउनुभएको छ। उहाँले भविष्यमा अमेरिकासँग प्रत्यक्ष संवादको सम्भावना खुला रहेको तर इरानका आधारभूत नीतिमा कुनै परिवर्तन नआउने स्पष्ट पार्नुभयो।

इरानी प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले सम्झौताका शर्त उल्लङ्घन भए वा दबाब सिर्जना गर्ने प्रयास गरिए त्यसको कडा प्रतिकार गरिने चेतावनी दिनुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले इरानले आफ्नो प्रतिबद्धता पूरा गर्ने तर अर्को पक्षबाट हुने कुनै पनि उल्लङ्घन स्वीकार नगर्ने बताउनुभएको हो।

सम्झौतापछि अमेरिकी सेनाले इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी हटाइसकेको जनाएको छ, यद्यपि अमेरिकी युद्धपोतहरू भने क्षेत्रमा यथावत् रहनेछन्। द्वन्द्वका कारण प्रभावित हर्मुज जलघाँटीमा पनि समुद्री गतिविधि क्रमशः सामान्य बन्दै गएको संकेत देखिएको छ। केही साउदी तेल ट्याङ्कर तथा फ्रान्सेली एलएनजी जहाज जलघाँटी पार गरिसकेको जनाइएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूले अब सरकारी निकायबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। सम्झौताअनुसार आगामी ६० दिनसम्म यस्तो अनुमतिका लागि कुनै शुल्क नलाग्ने बताइएको छ।

सम्झौताले अमेरिका, इजरायल र इरानबीचको तनाव कम गर्ने अपेक्षा गरिएको छ। वासिङ्टनले इरानमाथिका तेलसम्बन्धी प्रतिबन्ध हटाउने प्रतिबद्धता जनाएको बताइएको छ भने इरानको आणविक कार्यक्रमबारे अन्तिम सहमति भएपछि क्षेत्रीय पुनर्निर्माणका लागि ठूलो आर्थिक सहयोग जुटाउने विषय पनि सम्झौतामा समेटिएको छ।

यद्यपि शान्ति प्रक्रिया दीर्घकालीन रूपमा सफल हुन्छ वा हुँदैन भन्ने विषयमा अझै शंका कायम छ। तेहरानकी मनोवैज्ञानिक मिनाले ६० दिनपछि पुनः तनाव चर्किन सक्ने चिन्ता व्यक्त गरेकी छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि युद्ध पूर्ण रूपमा अन्त्य भएको निष्कर्ष निकाल्न अझै हतार हुने बताएका छन्।

अमेरिकाभित्र पनि सम्झौताबारे मिश्रित प्रतिक्रिया देखिएको छ। केही रिपब्लिकन नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको आलोचना गरेका छन् भने ट्रम्पले थप सैन्य दबाबले विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भएकाले कूटनीतिक समाधान रोजिएको बताएका छन्।

इरानभित्रका केही कट्टरपन्थी समूहले असन्तुष्टि जनाए पनि राष्ट्रपति मसुद पेजेस्कियानले सम्झौताले नयाँ अवसरको ढोका खोलेको भन्दै यसलाई ऐतिहासिक उपलब्धि बताएका छन्। विश्लेषकहरूका अनुसार आगामी ६० दिन अमेरिका–इरान सम्बन्ध र मध्यपूर्वको स्थायित्वका लागि निर्णायक रहनेछ।

Post Views: 23

प्रकाशित: २०८३ असार ५, शुक्रबार १०:२६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.