• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

जेनेभामा अमेरिका–इरान वार्ता सुरु हुँदै, हर्मुजमा पुनः तनाव

Nepalics
२०८३ असार ७, आईतवार १३:५४
Advertisement

मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ । वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गर्नुभएको छ ।

यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्टे«ट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ । युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गर्नुभयो । गत शुक्रबार हुने तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका चार सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको जनाइएको छ । अमेरिकाले शुक्रबार लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको तथा दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै ‘स्टे«ट अफ हर्मुज’मा जहाज आवागमनका लागि पुनःबन्द गरिने घोषणा गरेको छ । विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने ‘स्टे«ट अफ हर्मुज’ युद्धको अधिकांश अवधिमा इरानले अवरुद्ध गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानबीच भएको प्रारम्भिक सहमतिअनुसार ‘स्टे«ट अफ हर्मुज’ खुला गरिएको थियो । इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डले अन्तरराष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र अमेरिकी सेना सतर्क अवस्थामा रहेको जनाएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले वार्ताबाट अन्तिम सहमति ननिस्किए अमेरिकाले हर्मुजमार्फत हुने आवागमनमा आफ्नै शुल्क प्रणाली लागू गर्न सक्ने चेतावनी दिनुभएको छ ।

इरानी प्रतिनिधिमण्डलमा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी रहनुभएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएइले प्रारम्भिक सम्झौताअनुसार अर्को पक्षले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग वार्तामा उठाइने बताउनुभयो । अमेरिकी वार्ताकार जारेड कुशनर र स्टिभ विटकफ भने वार्तास्थलमा पुगेर प्राविधिक विषयमा छलफल गरिरहेको जनाइएको छ । मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीर पनि उच्चस्तरीय वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेको जनाएको छ ।

वार्ताको मुख्य उद्देश्य प्रारम्भिक सहमतिबाट समाधान हुन बाँकी विषय, विशेषगरी इरानको आणविक कार्यक्रमबारे दुई महिनाको वार्ता प्रक्रिया सुरु गर्नु रहेको बताइएको छ । यसैबीच दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीच तनाव कायमै रहेको छ । इजरायली सेनाले झडपमा एक सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकी–इरान सहमतिपछि यो पाँचौँ सैनिक मृत्यु हो । इजरायली सेनाले हिज्बुल्लाहले दक्षिणी लेबनानस्थित आफ्ना सैनिकमाथि ५० भन्दाबढी क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । हिज्बुल्लाहले भने युद्धबिरामको आडमा इजरायलले दक्षिणी लेबनानतर्फ घुसपैठ प्रयास गरेपछि आफूले प्रतिकार गरेको जनाएको छ । लेबनानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली हवाई आक्रमणमा करिब २० स्थान प्रभावित भएका छन् । आक्रमणमा ३० भन्दाबढी व्यक्तिको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको छ । दुवै पक्षले युद्धबिराम उल्लङ्घनको जिम्मेवारी एकअर्कामाथि थोपरेका छन् । दक्षिणी लेबनानका विस्थापित स्थानीयवासीले उक्त क्षेत्रमा अझै त्रास कायम रहेको बताएका छन् । –––

Post Views: 11

प्रकाशित: २०८३ असार ७, आईतवार १३:५४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.