• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

Nepalics
२०८३ असार १७, बुधबार १०:५२
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी व्यवसायबाट करिब एक अर्ब अमेरिकी डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको ९२७ पृष्ठीय आर्थिक विवरणले ट्रम्पको सम्पत्तिमा पछिल्ला दुई वर्षमा उल्लेखनीय वृद्धि भएको देखाएको हो।

फोर्ब्सका अनुसार सन् २०२४ मा करिब २ अर्ब ३० करोड डलर रहेको ट्रम्पको कुल सम्पत्ति सन् २०२६ सम्म आइपुग्दा ६ अर्ब ५० करोड डलर पुगेको छ। यसको प्रमुख कारण वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्पसँग जोडिएको क्रिप्टोकरेन्सी कारोबारबाट प्राप्त आम्दानी रहेको जनाइएको छ।

आर्थिक विवरणअनुसार ट्रम्पले वर्ल्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट करिब ५ करोड ५० लाख डलर आम्दानी गर्नुभएको छ। त्यस्तै, जनवरी २०२५ मा सार्वजनिक गरिएको ट्रम्प ब्रान्डको क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट मात्रै ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त भएको उल्लेख छ।

उक्त कम्पनी सन् २०२४ को सेप्टेम्बरमा ट्रम्पका छोराहरू र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए। कम्पनीले डब्लुएलएफआई (WLFI) टोकन बिक्रीबाट ५५ करोड डलर उठाएको थियो। कारोबार सुरु हुँदा ४६ सेन्ट रहेको टोकनको मूल्य अहिले करिब ६ सेन्ट मा झरेको छ।

ट्रम्प र उहाँका तीन छोराले डीटी मार्क्स डेफीमार्फत थप २२ अर्ब ५० करोड WLFI टोकन प्राप्त गरेका छन्, जसको हालको अनुमानित मूल्य १ अर्ब ३० करोड डलर रहेको बताइएको छ। कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन पनि सार्वजनिक गरेको थियो।

यता, ट्रम्प राष्ट्रपति रहँदै आफ्नै लगानी रहेको क्रिप्टो क्षेत्रलाई अनुकूल हुने नीति ल्याउन खोजेको भन्दै स्वार्थको द्वन्द्वको आरोप पनि खेप्दै आउनुभएको छ। तर ह्वाइट हाउसले ती आरोपलाई अस्वीकार गर्दै राष्ट्रपति वा उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ। ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्प प्रशासनका सबै निर्णय अमेरिकी नागरिकको हितमा केन्द्रित रहेको र अमेरिकालाई विश्वको “क्रिप्टो राजधानी” बनाउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभएको छ।

सन् १९७८ को कानुनअनुसार अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आय सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। यसपटकको विवरणमा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट एक करोड डलरभन्दा बढी तथा आफ्नो पुस्तक “मेलानिया” बाट पाँच लाख डलरभन्दा बढी आम्दानी गरेको उल्लेख छ। ट्रम्पले क्रिप्टो कम्पनीका लगानी, ट्रम्प ब्रान्डका सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गरेको विवरणमा जनाइएको छ।

हाल ट्रम्पको सम्पत्ति उहाँका छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमार्फत व्यवस्थापन भइरहेको छ। यद्यपि ट्रस्ट विघटन गर्न सकिने कानुनी व्यवस्था रहेकाले सन् २०२९ मा दोस्रो कार्यकाल समाप्त भएपछि ट्रम्पले सम्पत्तिमाथि पुनः प्रत्यक्ष नियन्त्रण लिन सक्ने अवस्था रहेको खुलासामा उल्लेख छ।

यही आर्थिक विवरणमा उपराष्ट्रपति जेडी भान्सले पनि आफ्नो चर्चित संस्मरण “हिलबिली एलेगी” बाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त भएको जानकारी सार्वजनिक गर्नुभएको छ।

Post Views: 16

प्रकाशित: २०८३ असार १७, बुधबार १०:५२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ३. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ४. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

  • ५. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.