• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

Nepalics
२०८३ श्रावण १२, मंगलवार ०९:५७
Advertisement

नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ । प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युत्को बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो ।

प्राधिकरणले यही साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै स्पष्ट पारिदिन आग्रह गरेको थियो । आर्थिक ऐन, २०८३ मा विद्युत्मा भ्याट लागू हुने व्यवस्था गरिएको छ । आन्तरिक राजस्व कार्यालयले सोमबार नै एक सूचनामार्फत असार मसान्तसम्मको विद्युत् उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको थियो ।

विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ । मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि पाँच प्रतिशत र अन्यको हकमा १३ प्रतिशत भ्याट लाग्नेछ । प्राधिकरणले लिने शुल्क विद्युत् सेवाको अङ्ग भएकाले साउन १ पछि हुने खपतमा नियमानुसार भ्याट आकर्षित हने विभागको प्रष्टोक्ति छ ।

प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई बिल पठाएको थियो । त्यसरी बिल पठाइएपछि उपभोक्ताले गुनासो गरेका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले त्यसमा चासो राख्दै समस्या समाधानका लागि पहल गर्नुभएको थियो ।

Post Views: 2

प्रकाशित: २०८३ श्रावण १२, मंगलवार ०९:५७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह
पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले
झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.