• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

Nepalics
२०८३ श्रावण १४, बिहीबार १२:०३
Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ।

सभामुखको निजी सचिवालयका अनुसार भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, सङ्घीय संसद्का गतिविधि, संसदीय अभ्यास तथा लोकतान्त्रिक संस्थाहरूको प्रभावकारी सञ्चालनसँग सम्बन्धित विविध विषयमा विचारविमर्श भएको थियो।

छलफलमा संसद्को वर्तमान गतिविधि, विधेयकहरूको प्रगति, संसदीय प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय तथा लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउने उपायबारे समेत कुराकानी भएको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच समय–समयमा संवैधानिक निकायहरूबीचको समन्वय, लोकतान्त्रिक मूल्य–मान्यता तथा संसदीय प्रणालीलाई थप सुदृढ बनाउने विषयमा संवाद हुँदै आएको छ। पछिल्लो भेटलाई पनि संवैधानिक संस्थाबीचको नियमित शिष्टाचार तथा समन्वयको निरन्तरताका रूपमा हेरिएको छ।

राष्ट्रपति कार्यालयमा सम्पन्न उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको सभामुखको निजी सचिवालयले जनाएको छ।

Post Views: 3

प्रकाशित: २०८३ श्रावण १४, बिहीबार १२:०३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • १. नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

  • २. शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम

  • ३. राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

  • ४. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ५. पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ५. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.