• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह

Nepalics
२०८३ श्रावण २६, मंगलवार १४:५२
Advertisement

सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिनुभएको थियो ।

सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको भन्दै सच्याउन आग्रह गर्नुभयो । उहाँहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति तत्काल फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन उहाँले सभामुखसमक्ष आग्रह गर्दै आउनुभएको छ ।

नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यानार्कषण गराउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद चन्देश्वर मण्डलले सुनसरी र सिरहामा भएका घटनामा गोली चलाउनुपर्ने अवस्था नरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद मण्डलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै दुई तिहाइको सरकारले महँगी, कृत्रिम अभाव, सुकुमवासीको समस्या, राहदानी तथा विद्युत् शुल्कलगायत विषयमा प्रभावकारी समाधान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक तथा सीमा विवादबारे सरकारको स्पष्ट दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्न र समस्या समाधानका लागि ठोस मार्गचित्र ल्याउन माग गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसद्को गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभयो ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनुभयो । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगरले सांसद राईले आफ्नो अभिव्यक्तिमा प्रयोग गर्नुभएको ‘कोर्रा’ जस्तो शब्दप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो ।

Post Views: 24

प्रकाशित: २०८३ श्रावण २६, मंगलवार १४:५२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.