• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

हेलिकप्टरबाट उपकरण ढुवानी

Nepalics
२०८३ श्रावण २७, बुधबार १३:०४
Advertisement

हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा पुर्याइएको हो । बडीमालिका धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएपछि नेपाल टेलिकमले उपकरण जडानमा सक्रियता देखाएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित जडानस्थल र सडक सञ्जालको अवस्थाबारे समेत छलफल गर्नुभएको थियो । भौगोलिक कठिनाइका कारण सडकमार्फत उपकरण तथा सामग्री पुर्याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको थियो ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको जानकारी दिनुभयो । सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट गर्न सकिने आर्थिक र अन्य सहयोगका विषयमा बडीमालिका तथा त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको बताइन्छ । जडानस्थलमा आवश्यक सामग्री पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण केही समय थप लाग्ने भएको बुझिन्छ । सरकारले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । दुर्गम भूगोलमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको योजनाअनुसार बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमले जनाएको छ । यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको काम अघि बढिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लहान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ । देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो । हाल देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

Post Views: 27

प्रकाशित: २०८३ श्रावण २७, बुधबार १३:०४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग
भोटेकोशी बाढीपछि उद्धारमा ८ हजार प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट खोजी
भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.