• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

भोटेकोशी बाढीपछि उद्धारमा ८ हजार प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट खोजी

Nepalics
२०८३ भाद्र १६, मंगलवार १४:३६
Advertisement

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा व्यवस्थापनका लागि नेपाल प्रहरीले मंगलबारसम्म करिब ८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढी प्रभावित नागरिकको उद्धार तथा सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश र प्रहरी युनिटबाट ठूलो संख्यामा प्रहरी टोली खटाइएको हो।

प्रभावित क्षेत्रमा प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।

त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र अन्य प्रहरी युनिटबाट २२२ जना परिचालन गरिएको प्रहरीले जनाएको छ।

उद्धार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा आपतकालीन समन्वय केन्द्र स्थापना गरिएको छ। विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा २४ घण्टा सञ्चालन हुने विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रसमेत गठन गरिएको छ।

अस्पताल र विमानस्थलमा विशेष फोकल डेस्क

विपद्का क्रममा घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न प्रहरीले विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोकल डेस्क स्थापना गरेको छ।

वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३ र काठमाडौं मेडिकल कलेजमा ५ जना प्रहरी परिचालन भएका छन्। त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी खटिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेको विवरण संकलनका लागि एसपीको नेतृत्वमा ८ सदस्यीय प्रहरी टोली परिचालन गरिएको छ।

ड्रोन र तालिमप्राप्त कुकुरबाट खोजी

बाढी प्रभावित क्षेत्रमा खोजी तथा अनुसन्धानलाई तीव्र बनाउन आधुनिक प्रविधिको प्रयोग गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरेर पैदल पुग्न कठिन क्षेत्रको निगरानी तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, खोजी कार्यमा ५ वटा तालिमप्राप्त कुकुर प्रयोग गरिएको छ भने सञ्चार सम्पर्क कठिन भएका क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन गरिएको छ। सिन अफ क्राइम अफिसरसहितको टोली तथा शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूको टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको छ।

घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

चोरी र ठगी नियन्त्रणमा कडाइ

बाढीपछि हुन सक्ने चोरी, लुटपाट तथा ठगी नियन्त्रणका लागि प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

चितवनमा नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ।

त्यस्तै, धादिङको गल्छी–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर रकम निकालिएको घटनामा २९ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम असुल्न खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

धादिङको गल्छी–६, बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा एउटा सेफ फेला परेको छ। त्यस्तै, परेवाटार–मलेखु त्रिशूली नदीको बगरमा अर्को सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको थप एउटा सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

नारायणी आसपास ७५७ प्रहरी परिचालन

बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ बढ्दै जाँदा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले विशेष निगरानी बढाएको छ। चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ।

भौतिक अवरोध हटाउने, फेला परेका सामग्री सुरक्षित गर्ने, राहत वितरणमा सहजीकरण गर्ने तथा प्रभावित नागरिकको उद्धारमा प्रहरी टोली निरन्तर परिचालित रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गर्दै विपद्को समयमा हुन सक्ने जोखिम र अराजक गतिविधिबाट सचेत रहन अपिलसमेत गरेको छ।

Post Views: 12

प्रकाशित: २०८३ भाद्र १६, मंगलवार १४:३६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.