• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

Nepalics
२०८३ भाद्र २१, आईतवार १३:२२
Advertisement
Travelers walk past an information board showing disrupted flights at Soekarno-Hatta International Airport in Tangerang, Indonesia, Sunday, Sept. 6, 2026. (AP Photo/Tatan Syuflana)

इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन् । इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउमा बिहान ३ः५३ बजे करिब ३० सेकेन्डसम्म विस्फोट भएको थियो । ज्वालामुखीको निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको देखिएको थियो । विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।

अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने आदेश पनि दिएका छैनन् । तर, स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा तीन किलोमिटर टाढा रहन चेतावनी दिइएको छ । ज्वालामुखीको खरानी जकार्ता, बान्टेन, पश्चिम जाभा तथा सुमात्राको लाम्पुङलगायत क्षेत्रमा फैलिएको छ । सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलले आइतबार बिहान ५ः३० देखि ९ः३० बजेसम्म उडान सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।

त्यस क्रममा उडान रद्द तथा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको चाप बढेको थियो । अधिकारीका अनुसार विमानस्थल बन्द हुँदा करिब २०९ उडान र २२ हजार ८०० यात्रु प्रभावित भएका छन् । प्रभावित उडानमा दक्षिण सुलावेसीको मकासार जाने व्यस्त आन्तरिक मार्ग तथा सिङ्गापुर जाने अन्तरराष्ट्रिय उडान प्रमुख छन् । हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुर जाने उडानहरूमा पनि रद्द, ढिलाइ तथा समय परिवर्तन भएको छ । लाम्पुङ, बाली र सुराबायाका लागि निर्धारित केही आन्तरिक उडान रद्द वा अन्य विमानस्थलतर्फ मोडिएका छन् । इन्डोनेसियाको नागरिक उड्डयन महानिर्देशनालयले विमानस्थल, एयरलाइन्स, हवाई नेभिगेसन सेवा तथा मौसम विज्ञान निकायसँग समन्वय गर्दै अवस्थाको निगरानी गरिरहेको जनाएको छ । विमानस्थलमा रातभर पार्क गरिएका करिब १७० विमान पनि एप्रोनमै रोकिएका थिए । नागरिक उड्डयन विभागका महानिर्देशक लुकमान एफ लाइसाले उडान सञ्चालनसम्बन्धी हरेक निर्णयमा यात्रुको सुरक्षा प्राथमिकतामा रहेको बताउनुभएको छ । एयरलाइन्सहरूले सेवा पुनः सञ्चालन गर्ने प्रयास गरिरहेकाले उडान तालिकामा थप ढिलाइ वा परिवर्तन हुन सक्ने उहाँले चेतावनी दिनुभएको छ । अधिकारीहरूले यात्रुलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्था बुझ्न र अत्यावश्यक नभए केही समय विमानस्थल नजान आग्रह गरेका छन् । इन्डोनेसियाको ज्वालामुखी एजेन्सी तथा अष्ट्रेलियाको डार्विन ज्वालामुखी खरानी सल्लाहकार केन्द्रले उपग्रहबाट प्राप्त तस्बिरका आधारमा दुईवटा खरानीका बादल पहिचान गरेका छन् । एउटा खरानीको बादल उत्तरपूर्वतर्फ सर्दै करिब २० हजार फिट (६,१०० मिटर) उचाइसम्म पुगेको थियो । यसले जकार्ता, बान्टेन र पश्चिम जाभाका केही क्षेत्रमा प्रभाव पारेको थियो । अर्को खरानीको बादल करिब ५० हजार फिट (१५,२०० मिटर) उचाइसम्म पुगेको र पश्चिम तथा उत्तरपश्चिमतर्फ फैलिएको थियो । यसले बान्टेन, लाम्पुङ र बेङ्कुलु प्रान्तसहित दक्षिणी सुन्डा जलसन्धि तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर क्षेत्रलाई समेत प्रभावित गरेको जनाइएको छ । अनाक क्राकाताउको अर्थ ‘क्राकाताउको सन्तान’ हो । यो सन् १८८३ मा भएको विनाशकारी क्राकाताउ विस्फोटपछि बनेको ज्वालामुखी टापु हो । सन् २०१८ मा अनाक क्राकाताउको विस्फोटबाट आएको पानीमुनिको पहिरोले सुनामी निम्त्याउँदा जाभा र सुमात्रामा कम्तीमा ४३० जनाको मृत्यु भएको थियो । वैज्ञानिकहरूका अनुसार उक्त घटनामा ज्वालामुखीको दक्षिणपश्चिमी ढलानको ठूलो हिस्सा समुद्रमा खस्दा ठूलो मात्रामा पानी विस्थापित भएको थियो । अनाक क्राकाताउ हाल चार तहको चेतावनी प्रणालीमध्ये दोस्रो उच्च सतर्कता तहमा रहेको छ । वैज्ञानिकहरूका अनुसार विस्फोट र त्यसपछिका गतिविधिका कारण ज्वालामुखी टापु अहिले आफ्नो पुरानो आकारको करिब एक चौथाइमा सीमित भएको छ ।

Post Views: 5

प्रकाशित: २०८३ भाद्र २१, आईतवार १३:२२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. यती पेन्ट्सद्धारा भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.