काठमाडौं । नेपालमा हुवावेको राष्ट्रिय वितरक कल माेविलिटि प्रा.लि.ले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधा भएकाे हुवावे वाच फिट फाइभ प्रो आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ। हुवावेले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ । हुवावे वाच फिट फाइभ प्रो खरिद गर्ने ग्राहकले ५,४९०/- पर्ने हुवावे फ्री बड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन्।
४३,००० /- मा उपलब्ध हुवावे वाच फिट फाइभ प्रो मा स्ट्र्यापमा विभिन्न कलरका विकल्प छन् । जसले प्रयोगकर्तालाई आफ्नो शैलीअनुसार घडी छान्ने सुविधा दिन्छ।
हुवावे वाच फिट फाइभ प्रोमा छोटाे र निर्देशित व्यायाम पनि उपलब्ध छ । याे सुविधाले दैनिक जीवनमा सक्रिय रहन अझ सहज बनाउँछ।
आउटडोर गतिविधि मन पराउनेहरूका लागि ट्रेल रन माेडले सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइको ट्रेन्ड तथा अनुमानित आगमन समयजस्ता सुविधा छन् । त्यसैगरी, गल्फ खेलाडीहरूले विश्वभरका १७ हजार भन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रीन भ्यु तथा स्विङ विश्लेषणको सुविधा पनि पाउन सक्छन्।
हुवावे वाच फिट फाइभ प्रोले स्वास्थ्य निगरानीका विभिन्न सुविधाहरू प्रदान गर्छ। महिलाहरूका लागि पनि विशेष स्वास्थ्य निगरानीकाे सुविधा उपलब्ध छ।
कहिलेकाँही लगाउँदा १० दिनसम्म र नियमित लगाउँदा ७ दिनसम्म यसकाे ब्याट्री टिक्ने कम्पनीकाे दाबी छ ।

