• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टर सञ्चालनमा

Nepalics
२०८३ असार १६, मंगलवार १३:३८
Advertisement

बुटवल, लुम्बिनी क्षेत्रलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन गरिएको छ। सिद्धार्थ कटेजमा आयोजित समारोहमा सेन्टरलाई टेकपाइला इनोभेसन्सको आधिकारिक व्यवसाय–देखि–ग्राहक (बी–टु–सी) साझेदारका रूपमा सार्वजनिक गरिएको हो।

सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डाटा विज्ञानका तालिम सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको थियो। साथै सफ्टवेयर तथा मोबाइल एप विकास, साइबर सुरक्षा परामर्श, डाटा सुरक्षा, सूचना प्रविधि इन्क्युबेसन र स्टार्टअप प्रवर्द्धनसम्बन्धी सेवा प्रदान गरिने जानकारी दिइयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्स बुटवल–रुपन्देहीका कार्यवाहक महासचिव शिव ज्ञवालीले स्थानीय युवालाई आधुनिक प्रविधिमा दक्ष बनाई रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्न सेन्टरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले लुम्बिनी टेक इनोभेसन सेन्टरलाई आधिकारिक बी–टु–सी साझेदारी प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रममा विभिन्न शैक्षिक संस्था, सूचना प्रविधि क्षेत्रका विज्ञ, उद्योगी–व्यवसायी तथा क्यान महासंघका पदाधिकारीहरूले सेन्टरको सफलताको शुभकामना व्यक्त गरेका थिए।

Post Views: 11

प्रकाशित: २०८३ असार १६, मंगलवार १३:३८
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ३. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.