• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत

  •  नेपाल विकास
  • २०८१ मंसिर १८, मंगलवार १४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मस्को । रुसी संसदको डुमाले सन् २०२५ को लागि १२६ अर्ब डलरको रक्षा बजेट स्वीकृत गरेको छ।

    जुन रूसको कुल सरकारी खर्चको ३२.५ प्रतिशत हो । सीएनएनका अनुसार यो रकम गत वर्षको रक्षा बजेटभन्दा २८ अर्ब डलर बढी हो ।

    यो नयाँ तीन वर्षीय बजेटले सन् २०२६ र २०२७ को लागि सैन्य खर्चमा पनि थोरै कटौती गर्ने अनुमान गरेको छ। डुमाका दुवै सदनबाट बजेट स्वीकृत भएको भइसकेको छ ।

    रुसले विगत दुई वर्षदेखि लगातार आफ्नो रक्षा बजेट बढाउँदै आएको छ । यसको असर रुसी अर्थतन्त्रमा पनि परेको छ । देशमा मुद्रास्फीति निकै उच्च छ र कम्पनीहरूले श्रमिक अभावको सामना गरिरहेका छन्। स्थिति नियन्त्रण गर्न रूसी केन्द्रीय बैंकले अक्टोबरमा ब्याज दर बढाएर २१ प्रतिशतमा पुरयाएको थियो, जुन दस वर्षकै उच्चतम हो ।

    युद्धका कारण रुसको अर्थतन्त्र र जनसंख्यामा लगातार दबाब बढिरहेको छ । युक्रेनभन्दा ठूलो जनसङ्ख्या भए पनि रुसले नयाँ सैनिक भर्ती गर्न कठिनाइको सामना गरिरहेको छ ।

    अर्कोतर्फ युक्रेनले पश्चिमी मुलुकबाट निरन्तर आर्थिक र रणनीतिक सहयोग पाइरहेको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले सोमबार युक्रेनलाई करिब ६८४ मिलियन डलर बराबरको सैन्य उपकरण उपलब्ध गराउने घोषणा गरेका छन् ।

    यो रुस–युक्रेन युद्ध दोस्रो विश्वयुद्धपछिको युरोपमा सबैभन्दा ठूलो द्वन्द्व हो । मस्कोसँग धेरै मोर्चाहरूमा फाइदा छ, तर अगस्टमा युक्रेनले कुर्स्कमा अचानक आक्रमण गर्‍यो र रूसको ठूलो क्षेत्र कब्जा गर्‍यो। तर, अहिले रुसले युक्रेनी कब्जाबाट ४० प्रतिशत जमिन फिर्ता लिएको छ । दुवैले एकअर्कालाई घातक मिसाइलले आक्रमण गरिरहेका छन् । युक्रेनले बेलायतबाट ल्याएको स्टर्म स्याडो मिसाइलले आक्रमण गर्दा रुसले ब्यालेस्टिक मिसाइलले जवाफ दिएको थियो ।

     

    Post Views: 220

    प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलवार १४:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.